भक्तपुरमा बस दुर्घटना हुँदा १६ घाइते

फाइल फोटो

 भक्तपुर- मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । 

काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका छन् ।


Advertisement

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ । ठक्कर दिने बस चालक  सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 


Advertisement

कमेन्ट गर्नुहोस्