×

NMB BANK
NIC ASIA

सुन किन्ने भन्दा बेच्ने बढे

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चिप्लेढुङगा- नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् । 

Muktinath Bank

चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भीँड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफू संग भएको सुन बेच्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको सगरमाथा सुनचाँदी पसल महेन्द्रपुल पोखराका सुरेन्द्र विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि बिक्रीमा भने कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजार पनि प्रभावित भएको हो । 


Advertisment
Nabil box
Kumari

“पसलभरी ग्राहक छन् तर सुन किन्न हैन”, उहाँले भन्नुभयो, “आफ्नै पसलबाट प्रति तोला ५२ हजार रुपैयाँमा सुन खरिद गरेर लगेकाहरु अहिले त्यही बिल लिएर प्रति तोला ७० हजार रुपैयाँमा बेच्न आएका छन् ।” आफ्नै ग्राहकको सुन खरीद नगर्ने पनि भएन, खरीद गर्न पैसा पुर्‍याउनै गाह्रो भएको उहाँको भनाइ छ । तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको दाबी विश्वकर्माको छ ।  

Vianet communication
Laxmi Bank

सुनको शुक्रबार सम्मको मूल्य रु ७० हजार प्रतितोला रहेको छ । तेजाबी सुन रु ६९ हजार ७ सयमा कारोबार भएको विश्वकर्माले बताए । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घ कास्कीका प्रथम उपाध्यक्ष रामबहादुर विश्वकर्माले सुन व्यापार १० प्रतिशतमा झरेको बताए ।

“नेपाली महिलाको महानपर्व तीजलाई लक्षित गहना अहिले यत्तिकै थन्किएका छन् । ग्राहक पुराना गहना लिएर बेच्न आउनुभएको छ”, विश्वकर्माले भने, “नयाँ सुन बैंकमा राखेर ग्राहकको पुरानो सुन खरीद गर्न बाध्य भएका छौ ।” झण्डै तीन /चार किलो सुन खपत हुने पोखराको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आकाशिएपछि यो व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको उनको भनाइ छ । “यस्तै अवस्था हो भने व्यवसाय धरासायी बन्छ, कालीगढहरुले विकल्प खोज्नुपर्ने अवस्था आउँछ” उनले भने ।  

उनका अनुसार अहिले कास्कीमा झण्डै ५०० बढी सुनचाँदी व्यवसाय दर्ता छन् भने र स्वर्णकार कल्याण सङ्घमा दर्ता भएका ३०० कालीगढ प्रत्यक्ष रोगजारीमा संलग्न छन् । सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको व्यवसायीको भनाइ छ ।

“डलरमा भन्दा सुनमा लगानी बढेकाले मूल्यवृद्धि भयो, माग बढेपछि मूल्य वृद्धि स्वभाविक हो । सुनको मूल्य देशको आन्तरिक अवस्थाले भन्दा पनि अन्तर्राष्ट्रिय कारोवारले फरक सुन व्यवसायी भरत दियालीको भनाइ छ ।  

रु ५८ हजारमा आठ तोला सुन खरीद गरेकी पोखरा चाउथेकी सानुमाया खड्का अहिले त्यही सुन बेचेर छोरालाई अष्ट्रेलिया पठाउने तरखरमा हुनुहुन्छ । “पैसा पुगेको थिएन, सुनको मूल्य बढ्यो, यही बेला सबै सुन बेचेर छोरालाई अष्ट्रेलिया पठाउन लागेको छु , मूल्य घटेपछि पुनः किनौला । अहिलेको समस्या टर्ने भयो ।” सुनको मूल्य बढेकोमा खड्काले खुशी व्यक्त गरे ।  

दैनिक २५/३० तोला सुनका गहनाको व्यापार गर्दै आउनुभएका महेन्द्रपुल रुपाकोट सुनचाँदी पसलका सञ्चालक दशरत सुनार अहिले सुन किन्ने मानसिकताले कोही ग्राहक नआउने गरेको बताउनुभयो । “नेपालीको आयस्रोत भन्दा निकै उच्च रहेको सुन अब किन्न सहज छैन, तोलाको ७० हजार रुपैयाँ हालेर सुन किन्ने अवस्था छैन”, उनले भन्नुभयो, “चाडवाड नजिकिँदै गर्दा आकाशिएको सुनको मूल्यले सुनका गहना लगाउने इच्छा नेपाली महिलामा मरेको छ ।” 

“अहिले सबै ग्राहक सुन किन्ने होइन । बेच्न मानसिकतामा आउनुहुन्छ । दिनको तीन/चार तोला नयाँ सुन बेच्न पनि मुस्किल छ” सुनारले भने । सुनमा लगानी खेर नजाने भएकाले पनि मानिस सस्तोमा किन्न र महङ्गोमा बेच्न खोज्ने उनको भनाइ छ । 

बलेवा– डलरको भाउ तलमाथि भइरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तर्राष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य बढिरहेको छ । 
अन्तर्राष्ट्रिय बजारमा स्थिर भए पनि नेपालका ठूला व्यवसायीको कारण मूल्य बढ्ने गरेको साना व्यवसायीको आरोप छ । सुनको मूल्य बढेर ८० हजार रुपैयाँसम्म पुग्नसक्ने व्यवसायीले अनुमान गरेका छन् । सुनको मूल्य बढेकाले पसलमा किन्नेको भन्दा बेच्न आउनेको भीड लाग्न थालेको सुनचाँदी व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ओमबहादुर विश्वकर्माले बताए ।  

सुनको भाउ बढेर माथि उक्लेपछि हामीले खरीद गर्न सकेका छैनौं, उपभोक्ताले पनि किन्न सक्दैनन्’ विश्वकर्माले भने, “पसलमा आएर किन्न भन्दा बेच्न खोज्ने धेरै छन् ।” हरेक दिन दुई केजीसम्म सुन बागलुङका व्यवसायीले बैंकबाट खरीद गर्दै आएका थिए । तर दुई सातादेखि यो कारोवारसमेत ठप्प भएको छ ।

नेपाल राष्ट्रबैंकले आफ्नो मौज्दातमा रहेको सुन व्यवसायीलाई बेच्ने गथ्र्यो । केन्द्रीय रुपमा समेत झण्डै सात सय केजी सुन मौज्दात रहेको बताइएको छ । विशेषगरी साउन महीनामा सुनको मूल्य घट्ने गथ्र्यो । तीज लगायतको चाडपर्वका लागि नेपाली महिलाले गहना बनाउने समय भएकाले पसलमा भीड लाग्ने गरेकोमा यतिबेला सुनसान भइसकेका अर्का व्यवसायी अनिष खातीले बताए । 

 ‘सानो पूँजीबाट दैनिक खरीद गर्दै काम गरिरहेका थियौं, मूल्य बढेपछि खरीद र बिक्रीसमेत ठप्प भएको छ’ खातीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा घट्दा घटेकै र बढ्दा बढेकै मूल्य पाइने भएकाले स्टक राख्ने काम पनि जोखिमको हुन्छ ।” स्टक राखेर मूल्य घट्यो भने व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने उनले बताए । 

सुनको मूल्य नेपालको बजारले निर्धारण गर्दैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, सुन र डलरको भाउको सन्तुलनबाट नेपाली बजारमा पनि असर पर्ने गरेको हो । नेपालीको चाडपर्व शुरु हुनै लागे पनि बजारमा किनबेच नभएकोले सुनचाँदी व्यवसायी भने निराश भएका हुन् । उनीहरुले यो वर्षको चाडपर्वमा सोचेजस्तो व्यपार गर्न नसक्ने पक्का भइसकेको विश्वकर्माले बताए । 
अन्तर्राष्ट्रिय बजारको तुलना गरेर हरेक दिन सुनचाँदी व्यवसायी सङ्घले मूल्य निर्धारण गर्छन् । वाणिज्य बैंकले खरीद गरेर ल्याउने सुन अन्तर्राष्ट्रिय बजार मूल्य र डलरमा आउने उतारचढावका कारण बढ्ने गर्छ ।

खरीद गरेको मूल्यमा केही नाफा राखेर बैंकले व्यवसायीलाई सुन दिन्छन् । त्यो सुनमा व्यवसायीले पनि सामान्य मार्जिन राखेर बिक्री गर्ने चलन छ । ठूला व्यवसायीले भने सस्तोमा खरीद गरेर राखेको सुन महङ्गो भएको बेला बेचेर नाफा कमाउने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x