×

NMB BANK
NIC ASIA

सन्दर्भ : पर्यटन वर्ष २०२०

पर्यटनमन्त्रीज्यू, फेसबूकमा लोगो राख्दैमा धूलो खान आउलान् त २० लाख पर्यटक ?

साउन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं गत शुक्रवार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले राजधानीस्थित एक भव्य होटलमा आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबैलाई टुंडिखेलमा बोलाएर सपथ खुवाउने बताए । नेपाल भ्रमण वर्ष सबै मिलेर सफल बनाउनुपर्ने र सपथ खान प्रधानमन्त्री पनि टुँडिखेलमा उपस्थित हुने उनको दाबी थियो ।

Muktinath Bank

आइतवार भट्टराईले सबै नेपालीले सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न आह्वान गरे । विज्ञप्तिमार्फत नै गरिएको उक्त आह्वानपछि कतिपयले फेसबूक, ट्वीटर र इन्स्टाग्राममा 'प्रोफाइल पिक्चर' परिवर्तन पनि गरिसकेको सामाजिक सञ्जाल चलाउनेहरूले पक्कै पनि देखेको हुनुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस्, विज्ञप्ति :


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

पर्यटन मन्त्रालयले स्वर्गीय रवीन्द्र अधिकारीकै योजना अनुसार नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएर अघि बढिरहेको छ ।

हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको ५ महिनापछि देशले नयाँ पर्यटनमन्त्रीका रूपमा ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराईलाई पाएको छ ।

पदभार ग्रहण गर्ने क्रममा भट्टराईले आफू आफ्नो आत्मीय मित्र रविन्द्र अधिकारीको उत्तराधिकारी भएर आएको बताएका थिए ।

भट्टराईका सामू नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउने चुनौती मात्र छैन, निरन्तर खस्कँदै गैरहेको नेपाल वायुसेवा निगमको साख पनि उकास्नुपर्ने छ ।

यसका लागि भट्टराईले सरोकारवालाहरूसँग निरन्तर छलफल र संवाद जारी रहेको बताएका छन् ।

काठमाडौंको धूलोधूवाँ, हिलो र प्रदूषण

पर्यटक नेपाल आएपछि सबैभन्दा पहिला देख्ने र घुम्ने ठाउँ निसन्देह काठमाडौं हो । तर काठमाडौंमा धूलोधूँवा, हिलो र अन्य प्रदूषण उच्च छ ।

विश्व स्वास्थ्य संगठनका सन् २०१६, १७ र १८ का इन्भायरमेन्टल पर्फमेन्स इन्डेक्स (इपीआई) रिपोर्टहरू अनुसार एकसय ८० देशमध्ये अत्यधिक धूलोधूवाँ र प्रदूषण हुनेमा नेपाल एकसय ७७ औं स्थानमा पर्छ ।

एकसय ८० देशमध्ये नेपालभन्दा तीन देशमा मात्र धूलोधूवाँ र प्रदूषण अलि बढी छ । त्यसपछि नेपालमा छ । विश्व स्वास्थ्य संगठनले नेपालको काठमाडौंलाई अत्यधिक प्रदूषित शहर भनेको छ । अत्यधिक धूलो, धूवाँ र प्रदूषणका कारण नेपालीहरू फोक्सो, मुटु, क्यान्सर, श्वासप्रश्वास र एलर्जी जस्ता नसर्ने रोगबाट ग्रस्त बनेको उसको रिपोर्टमा उल्लेख छ । 

यसले पर्यटन सम्भावनालाई झन् न्यून गर्दै लैजाने नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कंडेल दाबी गर्छन् । 'सबभन्दा पहिला सरकारले काठमाडौंको प्रदूषण कम गर्नतिर लाग्नुपर्‍यो,' कंडेलले भने, 'त्यसपछि विमानस्थलका कुराहरू आउँछन्, पर्यटन गन्तव्यका कुरा आउँछन्, पूर्वाधारका कुराहरू आउँछन्, तर भ्रमण वर्ष २०२० को तयारी गफमा बाहेक कहीँ पनि देखिएको छैन ।'

स्मरणीय के छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक काठमाडौंका सडकहरू पानीले पखाल्ने वक्तव्य दिइरहन्छन् ।

काठमाडौंको धूलो सफा गर्न महानगरपालिकाले केही थान ब्रुमरहरू चलाइरहेको पनि छ ।

धूलोको स्रोतलाई व्यवस्थापन नगरिकन गरिएका यस्ता प्रयास सफल हुन सकिरहेका छैनन् । गत असार १४ गते स्वर्गीय मदन भण्डारीको ६८औं जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौंमा मास्क लगाउने जनसंख्या आधा घटेको तथ्यांक प्रस्तुत गरे । त्यसपछि काम गर्न नसकेको सरकारले यथार्थ स्वीकार्न पनि नसकेको भन्दै सरकारकै आलोचना भएको थियो ।

गत सालको असार १६ गते बलिउडकी पुरानी र सफल अभिनेत्री जुही चावलाले विश्वमै काठमाडौंको बेइज्जत हुने गरेर एक ट्वीट गरिन् ।

एक सातादेखि नेपाल भ्रमणमा रहेकी चावलाले भारत फर्किनेबेलामा पशुपतिबाट निस्केपछि चारजना अन्य साथीहरूसँग मास्क लगाएको फोटो पोस्ट गर्दै 'अत्यधिक धूलो, अत्यधिक ट्राफिक, हावामा अत्यधिक डिजेल र पेट्रोलको धुँवा.. हामीले आफ्नो अनुहार छोप्नुपर्‍यो,' भनेर क्याप्सन लेखिन् । उनको भेरिफाइड ट्वीटर एकाउन्ट ४७ लाखले फलो गर्छन् ।

त्यसको वर्षदिन बित्दा पनि काठमाडौंको हालत सुध्रिन सकेको छैन ।

बरू धूलोको व्यवस्थापन नगरी हुने निर्माणका कामहरूले काठमाडौंलाई थप धूलो र प्रदुषणयुक्त बनाएको छ । जुही चावला एउटा प्रतिनिधि पात्र मात्र हुन् ।

२ वर्ष अघि एकजना विदेशीले एयरपोर्टका कर्मचारीले घुस मागेको भन्दै फेसबुकबाट लाइभ गरे । बाढीपीडितलाई राहतका लागि ल्याएको सामानमा एयरपोर्टका कर्मचारीले घुस मागेको दाबी गर्दै उनले भिडियो लाइभ गरेका थिए । यसले पुष्टि गर्छ, समग्रमा काठमाडौं हेर्ने प्रायः विदेशीको आँखामा काठमाडौंको राम्रो तस्वीर झल्किँदैन ।

कामभन्दा गफ ठूलो !

२०७४ सालको निर्वाचनमा करीब-करीब २ तिहाइ मत ल्याएको वाम गठबन्धन अहिले पार्टी एकीकरण गरेर सरकार चलाइरहेको छ । 'कामभन्दा गफ ठूलो' गर्दै हिँड्नु सरकारको मुख्य कमजोरी रहेको स्वयं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरू स्वीकार्छन् ।

गत पुसमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरू रघुजी पन्त, भीम रावल लगायतका नेताहरूले सरकारको यही शैलीमाथि प्रहार गरेका थिए । सरकारले काम गर्न सकेन भन्ने नेतामध्ये अहिले पर्यटनमन्त्री बनेका स्वयं भट्टराई पनि अग्रपंक्तिमा थिए ।

छायाँ सरकारका पर्यटनमन्त्री कंडेल मन्त्री भट्टराई पनि गफाडी रहेको बताउँछन् ।

यो सरकारको सबभन्दा ठूलो विडम्बना गफ मात्र गरेर बस्ने रहेको बताउँदै कंडेलले पर्यटनमन्त्री भट्टराईले पनि कामभन्दा पहिला गफ लगाउन शुरू गरेको आरोप लगाए ।

'कहिले टुँडिखेलमा शपथ खुवाउँछु भन्ने, कहिले विमानस्थलमा लाखौं मान्छे उतार्छु भन्ने, कहिले नेपालीलाई फेसबुकमा लोगो राख्न लगाउने र कहिले बाहिर बसेर सरकारको आलोचना गर्नुभन्दा १/१ जना पर्यटक पठाउनुस् भन्ने नयाँ मन्त्री भट्टराईले पनि गफ मात्र ठूला गर्न खोजेको देखियो,' छायाँ पर्यटनमन्त्री कंडेलले लोकान्तरसँग भने, 'चुपचाप योजनाअनुसार काम गर्नुपर्ने हो । हामीसँग समय एकदम कम छ ।'

सबै कुरा रातारात हुँदैन - पूर्व पर्यटन मन्त्री पोखरेल

पूर्व पर्यटनमन्त्री समेत रहेका सत्तारूढ दल नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले रातारात सबैकुरा नहुने बताउँछन् ।

फेसबूकमा फोटो पोस्ट गरेर २० लाख पर्यटक आउँछन् त भनेर सोधेको प्रश्नमा पोखरेलले भने, 'सबै कुरा रातारात हुने होइन । उहाँ पर्यटनमन्त्री भएको हप्तादिन भएको छ बल्ल । पर्यटन भ्रमणवर्ष २०२० सफल बनाउन उहाँको एक्लो इफोर्टले मात्र सम्भव छैन । सबै लागिपर्नु पर्छ ।'

पोखरेलले पनि काठमाडौंको धूलोधुँवा बिस्तारै नियन्त्रण हुँदै गइरहेको दाबी गरे ।

'काठमाडौँ बिस्तारै प्रदुषणमुक्त हुँदै गइरहेको छ,' उनले भने, 'सरकारले आफ्नो गतिमा काम गरिरहेको छ । विकास निर्माणका काम हुँदा अलिअलि धूलो त हुन्छ नि !'

पोखरेलले नवनियुक्त पर्यटनमन्त्री भट्टराईको सफलताप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए । 'नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन उहाँ लागिपर्नुभएको छ,' उनले लोकान्तरसँग भने ।

सरकारले कहिल्यै भेट्दैन लक्ष्य

गत आर्थिक वर्ष २०७५/०७६ मा सरकारले १२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, मन्त्रालयका अनुसार सो लक्ष्य पूरा भएको छैन ।

गत आर्थिक वर्षमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ सालमा पनि १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य रहेकोमा ९ लाख ४० हजार पर्यटकको आगमन भएको थियो ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ८ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकोमा ७ लाख ५३ हजार २ पर्यटकको आगमन भएको थियो । यसअघिका वर्षहरूमा सरकारी लक्ष्य अनुसार पर्यटक नआउनुले आगामी वर्ष सन २०२० मा पनि सरकारी लक्ष्य पूरा नहुने अनुमान गर्न सकिने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

पर्यटन मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकमा गत आर्थिक वर्षमा पर्यटकले गर्ने खर्च पनि घटेको देखिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा प्रतिदिन प्रति पर्यटक खर्च ५३ डलर रहेकोमा गत आर्थिक वर्ष २०७५/०७६ मा प्रतिपर्यटक ४४ डलर मात्रै खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा सरकारले प्रतिपर्यटक ६० डलर खर्च गराउने लक्ष्य राखेको थियो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५मा प्रतिपर्यटक ५४ अमेरिकी डलर खर्च भएको थियो । सो आवमा सरकारी आपेक्षा भने ५८ डलर प्रतिपर्यटक खर्च हुने रहेको थियो । पर्यटन मन्त्रालयले पर्यटकले गर्ने खर्चमा किन कमी आएको भन्ने कुरा सरकारले खोजिरहेको जानकारी बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x