मंसिर ५, २०८०
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेका घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) प्रयोगविहीन बनेका छन् ।
खाद्य तथा पेय पदार्थको अनुमगन गर्ने र शंकास्पद् लागेका खानेकुरा तत्काल परीक्षण गरी कैफियतका आधारमा जरिवाना गर्न सजिलो हुने भनेर खरिद गरिएका घुम्ती ल्याब प्रयोगविहीन बनेर थन्किएका हुन् ।
घुम्ती ल्याब अनुमगनमै लैजाने र शंकास्पद वस्तु तत्काल परीक्षण गर्दा नतिजा समेत छिटो आउने भएकाले मिसावट लगायतका अस्वभाविक क्रियाकलाप नियन्त्रण गर्न सजिलो हुने भन्दै विभागले २ वटा ल्याब भ्यान खरिद गरेको थियो ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका थप २ वटा ल्याब भ्यानसहित विभागसँग ४ वटा घुम्ती ल्याब छन् । ती ४ वटै ल्याब अहिले प्रयोगविहीन अवस्थामा थन्किरहेका छन् ।
किन थन्किए त ती भ्यान ? विभागका प्रवक्ता मोहनकृष्ण महर्जन खरिदकर्ताबाट विभागलाई पूर्ण रूपमा हस्तान्तरण नभएको र सोको खरिदमा समेत गडबडी भएकाले सञ्चालनमा ल्याउन नसकिएको बताउँछन् ।
‘आपूर्तिकर्ताबाट पूण रूपमा हस्तान्तरण पनि हुन सकेका छैनन्,’ उनले भने, ‘खरिदका सम्बन्धमा पनि त्रुटि भएको तपाईंलाई थाहा भएकै कुरा हो । अहिले यसको बारेमा धेरै बोल्न उचित हुँदैन ।’
ती भ्यान खरिद गर्दा अनियमितता भएको भन्दै विभागका तत्कालीन महानिर्देशक सञ्जीव कर्ण सहित ४ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले गत असार ५ गते उनीहरू विरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
विभागका सूचना अधिकारी सचितकुमार वाइवाले विभागसँग भएको पुरानो ल्याब विभागकै हेटौंडा कार्यालयमा रहेको र अहिले विभागमा रहेको ४ वटा ल्याब असार ५ गतेपछि सञ्चालनमा नरहेको बताउँछन् ।
‘विभागमा रहेका ल्याबमध्ये २ वटा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको हो,’ उनले भने, ‘खरिद गर्दा २ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिएको हो । पहिलेदेखि नै विभागसँग रहेको घुम्ती ल्याब हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै कार्यालयसँग छ ।’
अनुमगनमा शंकास्पद वस्तु फेला परेमा परीक्षण गर्न सजिलो हुने भन्दै विभागको हेटौंडा कार्यालयलाई हस्तान्तरण गरेको सूचना अधिकारी वाइवाले बताए ।
उनका अनुसार विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका ल्याबको रकम भुक्तानी गर्न अझै बाँकी छ ।
‘मुख्य कुराचाहिँ भुक्तानी पूरै हुन बाँकी छ,’ उनले भने, ‘१० प्रतिशत बक्यौता र ५ प्रतिशत बैंक ग्यारेन्टी गरी १५ प्रतिशत भुक्तानी बाँकी रहेको छ ।’
विभागले टेक्निकल कुरा हेर्ने भएकाले विभागले ठीक छ भनेर दिएपछि मात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भुक्तानी दिने विभागका अधिकारीहरू बताउँछन् ।
‘विभागले टेक्निकल कुरा हेरेर मात्रै ओके गर्छ । बल्ल त्यसपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चेक दिन्छ,’ सूचना अधिकारी वाइवाले भने, ‘यस बीचमा प्रक्रिया मिस्टेक भएर अनुसन्धानको दायरामा परेकोले अहिले ल्याबहरू बाहिर नगएका हुन् । नत्र यी ४ वटै ल्याब विभागका लागि मात्र होइनन् ।’
सञ्जीव कर्ण सहितका कर्मचारीविरुद्ध मुद्दा परेपनि विशेष अदालतले ल्याब प्रयोगका सम्बन्धमा आदेश दिएको कुरा आफूहरूलाई थाहा नभएको विभागका अधिकारीहरू बताउँछन् ।
अनुसन्धानको विषय भएकाले भविष्यमा फिर्ता गर्नुपर्यो भने समस्या हुन्छ कि भनेर पनि घुम्ती ल्याबहरू सञ्चालनमा आउन नसकेको ती अधिकारीको भनाइ छ ।
विभागकी महानिर्देशक मतिना जोशी वैद्यले पनि ल्याबसम्बन्धी विषय अदालतमा पुगेको हुनाले यसका विषयमा धेरै छलफल उपयुक्त नहुने बताइन् ।
‘अदालतबाट क्लियर भएर आएपछि के निर्देशन हुन्छ त्यसैको हिसाबले सञ्चालन हुन्छन्,’ उनले भनिन्, ‘हामीले सम्मानित अदालतको सम्मान गर्नुपर्छ । अदालतको के निर्णय हुन्छ, हेर्नुपर्छ । अहिलेसम्म अदालतबाट त्यस्तो कुनै आदेश आएको छैन ।’
यता उपभोक्ता अधिकारकर्मीहरू भने विभागले विभिन्न बहानामा ल्याब थन्क्याउने काम गरेको भन्दै तत्काल सञ्चालन गर्नुपर्ने बताउँछन् ।
करोडौं रुपैयाँ खर्च गरेर ल्याएको ल्याब सञ्चालनमा ल्याउनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको माग छ ।
‘करोडौं रुपैयाँ लागत परेर खरिद गरेका भ्यानहरू युजलेस अवस्थामा राख्नु उचित होइन,’ उनले भने, ‘घोटाला अनियमितताका कुरा आफ्नो ठाउँमा छन्, यी ल्याबहरू त प्रयोग गर्नुपर्यो नि !’
घोटालाको कुरा आफूहरूलाई कुनै सरोकार नभएको भन्दै महर्जनले कम्तिमा उपभोक्ता हितका लागि पनि खाद्य वस्तु परीक्षणका लागि ल्याइएका ल्याबहरू प्रयोग हुनुपर्ने बताए ।
नियमविपरीत खरिद
सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २ थान ल्याब लागत अनुमान समेत तयार नगरी खरिद गरेको थियो ।
२ थान ल्याब खरिदका लागि विभागले प्रतितपत्रमार्फत १३ करोड ७८ लाख ३१ हजार रुपैयाँ पेस्की दिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको थप २ थान ल्याब खरिदका लागि समेत विभागले १३ करोड ७८ लाख ३१ हजार रुपैयाँ प्रतितपत्रमार्फत पेस्की दिएको थियो ।
२७ करोड भन्दा बढी मूल्य परेका भ्यानमा अहिले झार उम्रिन थालिसकेका छन्, अर्कातर्फ उपभोक्ताहरू गुणस्तरहीन वस्तु समेत उपभोग गर्न बाध्य बनिरहेका छन् ।
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...