पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
ललितपुर – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन् ।
फोर एच नेपालको संयोजनमा आज यहाँ आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ लाख खर्च गर्नुपर्ने बताए ।
उनले चालू आव २०७६/७७ मा रासायनिक मल खरीदका लागि मन्त्रालयले रु १६ करोड बजेट विनियोजन गरिसकेको जानकारी गराए । नेपालमा सात लाख मेट्रिकटन रासायनिक मल प्रयोग हुने उनको भनाइ छ । उनले भने, “हाल नेपालको ४२ प्रतिशत जमीन बाँझो रहेकाले त्यसलाई प्रयोगमा ल्याउन युवा लक्षित कार्यक्रम अघि बढाएका छौँ ।”
यसैगरी कृषि मन्त्रालयले नेपालमा उत्पादन हुने तरकारी र फलफूलमा प्रयोग भएका विषादीको जाँचका लागि रु १५ करोड बजेटसहित तीन प्रयोगशाला स्थापना गर्ने योजना अघि बढाइएको उनले जानकारी गराए ।
मन्त्रालयका अनुसार नेपालले विसं २०७१ देखि तरकारी र फलफूलमा प्रयोग भएका विषादीको परीक्षण गर्न शुरुआत गरेको हो । नेपालमा हाल १६९ विषादी प्रयोग हुने गरेका छन् । नेपालको तराई क्षेत्रमा बढी विषादीको प्रयोग भएका तरकारी उत्पादन भएको बताइन्छ ।
चालू आवमा मन्त्रालयले कृषिमा युवा कार्यक्रमलाई अघि बढाउन रु ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले सो परियोजनामार्फत हाल नेपालमा रहेका ६६ प्रतिशत किसानलाई २५ प्रतिशतमा झारेर बाँकीलाई अन्य काममा लगाउने योजना अघि सारेको मन्त्री खनालले बताए ।
प्रतिनिधिसभा, कृषि ,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिले किसानले उत्पादन गरेका अन्न उनीहरु आफैंले खान पाउनुपर्ने नीति बनाउन लागि परेका जानकारी गराइन् । उनले भनिन्, “नेपालमा कृषिको वृहत सम्भावना रहेकाले युवालाई यसमा आत्मनिर्भर भएर राज्यसँग रोजगार प्राप्तिमा परनिर्भर बनाउँदै लानुपर्छ ।”
ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले सरकारले कृषिमा युवालाई आकर्षित गराउन भूमि नीति बनाउनु जरुरी रहेको औँल्याइन् । उनले भनिन्, “शिक्षित युवाले आधुनिक कृषिको विधि अपनाएर अघि बढेमा विषादी प्रयोग भएका तरकारी र फलफूल आयातमा रोक लाग्ने थियो ।”
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश साउदले नेपाललाई कृषिका माध्यमबाट अघि बढाउन सिँचाइ, उन्नत जातको बीउबिजन र दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।
सरकारले समयमै विषादी परीक्षणको पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन तथा कृषि वैज्ञानिक डा अजयकुमारले नेपालका किसानलाई उपयुक्त मात्रामा विषादी प्रयोग गर्न अनुरोध गरे ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...