जम्मु-कश्मीरमा स्थानीयहरूको रोजगारी र व्यापार गुम्ने चिन्ता

काठमाडौँ- भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरको विशेषअधिकार हटाएपछि त्यहाँका बासिन्दाको अभिमत दुई हिस्सामा बाँडिएको छ । जम्मुका बासिन्दाहरूसँग अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लिएको राय अनुसार धारा ३७०का बारेमा अलग-अलग धारणा बनेको छ ।

एकातर्फ भारतीय जनता पार्टीका नेता कार्यकर्ताहरूले त्यहाँ एक हप्तादेखि उत्सव मनाइरहेका छन् भने अर्कोतर्फ केन्द्रीय सरकारले गरेको हठात् निर्णयलाई लिएर त्यहाँका बासिन्दाबीच अलमल पैदा भएको हो ।


Advertisement

टेलिफोन र इन्टरनेट बन्द गरिएपछि बाहिर रहेका जम्मुकश्मीर बासीहरूले आफ्नो घरमा सम्पर्क गर्न पाएका छैनन् । बाहिर पढ्न, काम गर्न अथवा अन्य प्रयोजनका लागि गएका परिवारका सदस्यहरूले घरमा सम्पर्क गर्न नापाएपछि त्यहाँका मान्छेमा एक प्रकारको आक्रोश जस्तै देखिएको छ ।


Advertisement

स्थानीयहरूमा बाहिरी मान्छेहरू आएर त्यहाँ जमिनको व्यापार बढाउने हो कि भन्ने चिन्ता पनि देखिन्छ । बाहिरी मान्छे आएपछि त्यहाँका स्थानीयहरूको रोजगारी गुम्छ कि भन्ने अर्को चिन्ता छ स्थानीयहरूलाई । 

स्थानीयबासीहरूले देखाएको चिन्ता भाजपाका नेताहरूसमक्ष पुगिसकेको छ । उनीहरूले स्थानीयहरूको हितलाई संरक्षण गर्ने वाचा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्