सरकारविरोधी हमलाको सामना गर्न कार्यकर्तालाई मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल - प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारविरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उनले आफ्ना कार्यकर्तालाई सरकारविरोधी हमलाको सामना गर्न निर्देशन दिएका हुन् ।

'जनतामा देखिएको भ्रम चिरफार गर्नुस्,' उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिए, 'विरोधीको विरोधको सामाना सबै मिलेर गर्नुपर्छ ।'


Advertisement

सोही कार्यक्रममा उनले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भएको बताएका छन् ।


Advertisement

उनले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य भएको बताए ।

एउटा बस समितिमा दर्ता गर्दा रु १५ लाखदेखि रु २० लाखसम्म तिनुपर्ने बाध्यता हटेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले नेता तथा कार्यकतालाई सङ्घीयता र सरकार विरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

'जनताको साथ चाहिने भएकाले पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ । सरकार लक्ष्यबाट भने पछि हटेको छैन,' उनले भने ।

 

कमेन्ट गर्नुहोस्