अमेरिकामा गोलीकाण्ड, १ प्रहरीको मृत्यु

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा सोमवार राति भएको गोलीकाण्डमा क्यालिफोर्निया हाईवे पट्रोलका एक अधिकारी र बन्दूकधारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई अन्य अधिकारी घाइते भएका छन् । 

गोलीकाण्ड रिभरसाइडमा स्थानीय समयअनुसार साढे ५ बजे भएको असिस्टेन्ट चीफ स्कट पार्करले पत्रकार सम्मेलनमा जानकारी दिए । 


Advertisement

मोटरसाइकल चढेका गश्ती अधिकारीले सेतो जीएमसी पिकप ट्रक रोकेका थिए । उक्त ट्रकलाई जफत गरेर त्यसलाई लैजान टो ट्रक उनले बोलाएका थिए । आरोपितले ट्रकबाट राइफल झिकेर अधिकारीलाई गोली हाने । 

मारिने अधिकारीको नाम आन्द्रे मोये भएको बताइएको छ । आरोपितको नाम सार्वजनिक गरिएको छैन । 


Advertisement

‘उसले हाम्रा अधिकारीलाई धेरैवटा गोली प्रहार गर्‍यो,’ पार्करले बताए, ‘गोली हानाहान हुँदा हाम्रा अधिकारीको मृत्यु भयो ।’

ती अधिकारीले सहायताका लागि कल गरेपछि राजमार्ग गश्तीका अनि अन्य विभागका प्रहरी अधिकारीहरू घटनास्थल पुगेको पार्करले बताए । 

घटनास्थलमा पुग्ने पहिलो दुइ अधिकारीलाई पनि गोली लागेको उनले बताए । तीमध्ये एकको अवस्था गम्भीर छ र अस्पतालमा राखिएको छ । अर्का अधिकारीलाई सामान्य चोटपटक लोको छ । 

अन्य अधिकारीहरू पनि घटनास्थलमा आए अनि अन्ततोगत्वा आरोपितलाई गोली हानी मारे । दर्जनौं गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । त्यही बाटो भएर गइरहेका गाडीका चालकहरू गाडी छोडेर भागेको मिडिया रिपोर्टमा उल्लिखित छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्