मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडौं – मंगलवार प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ३८ वर्ष पुरानो नमिता सुनिता हत्या काण्डको उदाहरण पेश गरे ।
‘२०३८ सालमा पोखरामा नमिता–सुनिता हत्याकाण्ड भएको थियो, दरबार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो । विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसूस गरेको छु,’ कँडेलले भने ।
२०७५ असोज १० गते नेकपाका सांसद अग्नीप्रसाद सापकोटाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासँग जोडेर ‘नमिता सुनिता हत्याकाण्ड’को प्रसंग निकालेका थिए ।
‘३८ वर्ष अगाडि मेरै जिल्ला सिन्धुपाल्चोकका माधवराज भण्डारीका छोरी पोखरामा बलात्कृत भएका थिए, पोखरामा बलात्कार हुँदा देख्ने चूडामणि उपाध्याय वनपाले थिए । वनपालेले उनको आँखाले त्यो घटना देख्नु नै मृत्युको कारण बन्यो र उनलाई मारियो,’ सापकोटाले संसदमा भनेका थिए, ‘३८ वर्षपछि आउँदा पनि ती कुरा दोहोरिएरहेका छन् । त्यसैले मैले यहाँ हृदयभित्र ज्वालामुखी बिस्फोटन भएको कुरा र मानव सभ्यताको लज्जित हुने कुरालाई अलि गम्भीरतापूर्वक उठाउनुपर्छ भनेर बोलेको छु ।’
पञ्चायत कालमा पोखरामा भएको ‘नमिता सुमिता हत्याकाण्ड’लाई रहस्यमय घटनाको रुपमा लिने गरिन्छ । २०३८ जेठ २४ गते कास्कीको पोखरामा घटना भएको थियो ।
सिन्धुपाल्चोक ठोकर्पा स्थायी घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका पर्यटन मन्त्रालयका पूर्व कायममुकायम सचिव माधव भण्डारीकी २ छोरी नमिता र सुनिताको हत्याको हालसम्म रहस्य पत्ता लाग्न सकेको छैन । उनीहरूको बलात्कारपछि हत्या भएको भन्दै तत्कालीन सरकारविरुद्ध चर्काे आन्दोलन भएको थियो । तर शक्तिशाली भनिएका अपराधी हालसम्म पत्ता लाग्न सकेका छैनन् ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नमिता सुनीता हत्या काण्डको विषयमा पुस्तक प्रकाशित गरेका थिए । ‘दरबार काण्डपछि दबाइएको अर्काे हत्याकाण्ड’ नामक पुस्तक चर्चामा आएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...