कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
काठमाडौं – सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का नेता पूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङलाई छोडेर पार्टीका १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डा र पार्टी महासचिव राम माधवको उपस्थितिमा ती विधायक मंगलवार भाजपा प्रवेश गरेका हुन् ।
लोकसभा चुनावसँगै सिक्किममा विधानसभा चुनाव भएको थियो । चुनावमा चाम्लिङले २५ वर्षदेखि चलाएको सत्ता जोगाउन सकेका थिएनन् । चुनावमा भाजपाले एक सीट पनि जितेको थिएन ।
राम माधवले भने, ‘एसडीएफका १३ विधायक थिए । पार्टीको विधायक दलले भाजपामा प्रवेश गर्ने निर्णय लियो । पूर्वोत्तरमा सिक्किम बाहेक सबै राज्यमा भाजपाले क्षेत्रीय दलहरूसँग गठबन्धन गरेको थियो । सिक्किममा एसडीएफका विधायकहरू भाजपामा प्रवेश गरेपछि त्यहाँ पनि सरकार बनाउने बाटो खुलेको छ ।’
कुनै पनि पार्टीका दुईतिहाइ विधायक अन्य दलमा प्रवेश गरेमा दलपरिवर्तन विरोधी कानून आकर्षित हुँदैन ।
चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म राज्यका मुख्यमन्त्री थिए । उनले लगातार २५ वर्ष सिक्किममा सत्ता चलाएका थिए । उनको दललाई ६ महिनाअघि गठन गरिएको सिक्किम क्रान्तिकारी पार्टीले हराएको हो ।
विधानसभामा रहेका ३२ सीटमध्ये एसडीएफले १५ र एसकेएमले १७ सीट जितेका थिए । सत्ताका लागि १७ सीट आवश्यक हुन्छ । एसकेएमका प्रेम सिंह तामाङ मुख्यमन्त्री बने ।
एजेन्सी
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...