श्रीलंकामा मुस्लिमको पसलमा जाँदैनन् सिंहालीहरू !

काठमाडौँ - केही महिनापहिला श्रीलंकाको राजधानी कोलम्बोबाट ९० किलोमिटर टाढा कोटरमुला गाउँमा मोहम्मद इलियास घर मर्मत गर्ने सामानहरू बेच्ने गर्थे । श्रीलंकाको बहुसंख्यक सिंहाली बस्ने यस गाउँमा वर्षौंदेखि पसल चलाउने इलियास आफ्नो पसलबाट पर्याप्त कमाइ गरिरहेका थिए ।

तर केही दिन यता उनको जिन्दगी बदलिएको छ । उनको पसल अहिले चलेको छैन । पसलमा मान्छेहरू आउँदैनन् । उनको पसल नचल्ने क्रम त्यतिबेला शुरू भएको हो जतिबेला श्रीलंकाको कोलम्बोमा भएको विष्फोटमा धेरै मानिसहरूको मृत्यु भएको थियो ।


Advertisement

हमलापछिका दिनहरू याद गर्दै इलियास भन्छन्, 'जब बम विष्फोट भयो तब मेरो ९० प्रतिशत सिंहाली ग्राहकहरू पसल आउन बन्द गरे । मेरो काम धन्दा चौपट भएको छ र लाखौँ नोक्सानी बेहोर्नुपरेको छ ।'

गत वैशाख ८ गते चरमपन्थीले गरेको उक्त हमला ठूला होटेल र चर्चलाई निशाना बनाएर गरिएको थियो । सयौं मान्छे मारिएका थिए । यद्यपि उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । यस हमला श्रीलंकाका बासिन्दाहरूले अहिलेसम्म बिर्सिन सकेका छैनन् । उक्त हमलामा साढे ३ सयभन्दा बढी मारिएका थिए ।  

उक्त हमलापछि कतिपय मुसलमानले आफूलाई आतंककारीको रूपमा हेरिएको बताउँछन् । कतिपय मुसलमानहरू आफूलाई विस्थापित गर्न आफ्नो पसलमा अरू नआउने गरेको हिसाबले परिस्थितिलाई बुझ्न थालेका छन् । हमला भएको एक महिनासम्म धेरै मुसलमानहरूको घर र पसलमा आक्रमण पनि भए ।

गत जुनमा एक बौद्ध भीक्षुले खुलेआम मानिसहरूसँग मुसलमानको पसलबाट सामान नकिन्न अपिल गरेका थिए ।

 

 

 

कमेन्ट गर्नुहोस्