कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ - यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी–टारीबँेसीसम्मको यात्रुले रु २ सय भाडा तिर्ने गरेका छन् ।
महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै हप्काइ खानुपरेको छ । धेरै पटक भाडा बढी भयो भनेर गुनासो गर्दा बसबाट निकालेको ज्यामरुङकी यमकुमारी इटनीले सुनाइन् ।
यहाँको नागरिक समाजका प्रतिनिधिले यातायात क्षेत्रको बेथिति अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गर्दै आएका छन् । धादिङबेँसीस्थित विभिन्न यातायात समितिले अपाङ्गता भएका, ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहुलियत नदिएको यात्रुको गुनासो छ ।
उनीहरुले सहुलियतको टिकट सकिएको जवाफ दिने गरेका छन् । 'भाडा असुल्न पन्छाउने गरेको पाइएको छ,' अधिकारकर्मी राजु रेग्मी बताउँछन् ।
प्रति व्यक्ति रु १ सय ८५ भाडादर भएको काठमाडौँका लागि अपाङ्गता भएका यात्रुबाट रु १ सय ५० लिने गरेको पाइन्छ । एउटा बसमा एउटा यात्रुलाई छुट दिएपछि अरुलाई नदिने नियम उनीहरुले बनाएका छन् । कालोपत्रे गरिएको सडकको भाडादर घटाउन आग्रह गर्दा यात्रुलाई दुव्र्यवहार गर्ने गरिएको छ ।
विसं २०७६ असार १ देखि लागू हुने गरी २०७६ जेठ ३० गते यातायात व्यवस्था विभागले कोलोपत्रे सडकमा प्रतिकिलोमिटर दुई रुपैयाँ ५१ पैसा भाडादर निर्धारण गरिएको थियो ।
धादिङबेँसीदेखि टारीबँेसीसम्म प्रतिकिलोमिटर रु सात रुपैयाँ ५० पैसा भाडा लिने गरेको यात्रुको गुनासो छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...