जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं – अफिस टाइममा ट्राफिक जाममा फसिँदा उडेर जान पाए हुन्थ्यो भन्ने आशा धेरै मानिसले राख्ने गर्छन् । बेलायतका एक प्यारामोटर ग्लाइडरले यसलाई सत्य साबित गरेका छन् ।
मैदानको बीचमा उभिएका टम प्राइडो–ब्रुनले पिठ्युँमा ठूलो जालीदार घेरा र प्यारामोटर ग्लाइडरले जोडिएका पट्टी बाँधेका छन् ।
उनी काँधमाथिबाट डोरो तानेर पछि बाँधिएको मोटर चलाउँछन् । मोटर अन हुनेबित्तिकै पिठ्युँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्छ ।
प्राइडो–ब्रुन मैदानमा दौडन शुरू गर्छन् अनि १० देखि १२ कदम दौडिनेबित्तिकै हावामा उड्न थाल्छन् ।
उनको प्यारामोटर ग्लाइडर त्यतिखेरसम्म काम गर्न थाल्छ । त्यसले उनको शरीरको बोझ उठाइदिन्छ ।
टमको कार्यालय दक्षिणपश्चिमी बेलायतको विल्टशायरमा छ । मौसम सफा हुँदा उनी यसरी नै सधैं कार्यालय जान्छन् ।
उनी भन्छन्, ‘पाइलटका रूपमा हरेक बिहान म झ्यालका पर्दा हटाएर बाहिरको मौसम हेर्छु । बिहान सफा भयो भने मेरो गाडी चलाउन आनन्द आउँछ ।’
टम शहरमा बाइक चलाउँछन् वा पैदलै टहल्न मन पराउँछन् । तर उड्दा उनलाई बढी रोमाञ्चकारी र प्रेरणादायक अनुभव हुन्छ ।
घरबाट कार्यालय जानका लागि उनी शेरबोर्नदेखि डोर्सेटसम्म ३० किलोमिटर उड्छन् ।
पंखामा जोडिएको इन्जिनतर्फ देखाउँदै उनी भन्छन्, ‘ठूलो इन्जिन आवश्यक हुन्छ र त्यसमा चारदेखि पाँच लिटर इन्धन लाग्छ ।’
उनी लगभग ५० किलोमिटर प्रतिघन्टाको गतिमा उड्छन् । तर केही प्यारामोटर ग्लाइडर यसभन्दा पनि बढी गतिमा उड्न सक्छन् ।
गाउँमाथि हुँदै उड्दा उनले सुन्दर दृश्य समेत हेर्न पाउँछन् ।
बीबीसी हिन्दीबाट
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...