×

NMB BANK
NIC ASIA

मन्त्रीमाथि अपराध मुद्दा

‘फरार अभियुक्त’ मन्त्रीलाई सशस्त्रका सईको सुरक्षा, प्रदेश सरकार बेखबर

साउन २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीलाई पक्राउ गर्न पाटन उच्च अदालतले सोमवार वारेन्ट जारी गरेपनि उनी पक्राउ परेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

अदालतले पक्राउ गर्न भनिसकेको फरार अभियुक्त मन्त्री खत्रीलाई सशस्त्र प्रहरी बलका सईले सुरक्षा दिइसकेका छन् । मन्त्री भएवापत मिल्ने सुरक्षा सुविधामा उनी काठमाडौंमा घुमिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश ००२००१झ२३ नम्बरको सरकारी गाडीमा सशस्त्र प्रहरीका सई ज्ञानबहादुर बिसीको सुरक्षामा मन्त्री खत्री काठमाडौैंमै रहेका छन् । प्रहरीले तत्कालै पक्राउ गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि उनीसामु प्रहरी संगठन निरीह देखिएको छ ।


Advertisment
Nabil box
Kumari

उच्च अदालतबाट वारेन्ट जारी भएको बुधवार ३ दिन भएको छ । सोमवार उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर गरेको आरोपमा नियन्त्रणमा लिन प्रहरीलाई आदेश दिएको थियो ।

Vianet communication
Laxmi Bank

‘उहाँलाई नियन्त्रणमा लिन नसक्नुको मुख्य कारण राजनीतिक आवरण नै हो,’ नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले लोकान्तरसँग भने, ‘प्रहरी पनि निरीह देखियो ।’ संघ र देशभरका ६ वटा प्रदेशमा कम्युनिस्ट सरकार रहेको र मन्त्री खत्री समेत नेकपामा आवद्ध रहेकाले प्रहरीले हात हाल्न नसकेको चर्चा चलेको छ ।

मन्त्री खत्रीले विगतमा प्रयोग गर्दै आएको मोबाइल बन्द गरेका छन् । उनीसँग १ जना सुरक्षाकर्मी, १ जना सवारी चालक रहेको जनाइएको छ ।

अदालतमा मुद्दा परेर पक्राउ पूर्जी जारी भइसक्दासम्म पनि कर्णाली प्रदेशले उनको पद कायमै राखेको छ । बैंकिङ कसूरको गम्भीर मुद्दामा मुछिएका व्यक्ति मन्त्री पदमा कायमै रहँदा कर्णाली प्रदेश सरकारको आलोचना हुन थालेको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समेत मन्त्री खत्रीबारे निर्णय लिन नसकेको गुनासो आउन थालेको छ । ‘मन्त्री खत्रीले अब पदमा बसिरहन हुँदैन,’ वीरेन्द्रनगरका स्थानीय समीर कठायतले भने, ‘यत्रो कुरा आइसकेपछि अब उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ र अदालतको सम्मान गर्नुपर्छ ।’

मन्त्री खत्रीको घटना सार्वजनिक भएपछि प्रदेशका नेकपा नेता र मुख्यमन्त्री शाही सम्पर्कमा आइरहेका छैनन् । 

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मन्त्री खत्रीबारे प्रदेश सरकारलाई आधिकारिक रुपमा कुनै जानकारी नआएको बताइन् । ‘सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा उहाँको समाचार आएको छ,’ उनले भनिन्, ‘हामीलाई आधिकारिक सूचना नआएसम्म यसबारेमा बोल्न सकिँदैन । जब सूचना आउँछ अनि मात्र सरकारले आफ्नो धारणा सार्वजनिक गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x