मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
पोखरा - विगत केही महिनादेखि पोखरा महानगरपालिकाका विभिन्न ११ वडा कार्यालयमा चोरीका घटनामा अत्याधिक वृद्धि भएको पाइएको छ । चोरीका घटना वृद्धि भएसँगै कास्की प्रहरीले उक्त चोरीका घटना अनुसन्धानका लागि छुट्टै विशेष टोली खटाएको थियो ।
कास्की प्रहरीले घटनाको सुक्ष्म अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्ति तथा समूहको खोजतलास शुरु गरेको हो । कास्की प्रहरीले चोरी भएका सामान विक्री वितरण गर्ने तथा बनाउने पसलहरुमा समन्वय गरी चोरी गर्ने व्यक्ति तथा समूहको खोजी शुरू गरेको थियो ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटप लगायतका सामानहरु चोरी गर्ने जिल्ला काठमाण्डौ महानगरपालिका ११ घर भई हाल पोखरा १० कालिकाचोक स्थित डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै विक्रि वितरणमा संलग्न जिल्ला मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका १४ कलंकीमा कम्प्यूटर सोलुसन पसलका सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पक्रउगरेको हो ।
गत २६ गते अनुसन्धानमा खटिएको प्रहरीको टोलीले जिल्ला कास्की, पोखरा महानगरपालिका ०६ शहिदचोक स्थित किशोर थापालाई शंकाको आभारमा पक्राउ गरी सोधपुछ गरेको थियो । थापाले नै उक्त सामानहरु चोरी गरेको र काठमाण्डौमा लगि विक्रि वितरण गर्ने गरेको पाइएपछि प्रारम्भिक अनुसन्धानमा खटिएको प्रहरी टोलीलेउनी बिरुद्ध कार्वाही शुरुगरेको हो ।
विक्रि वितरण कार्यमा संलग्न कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीलाई चोरी भएका सामानहरु सहित २७ गते प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको होे ।
थापाको डेराबाट प्रहरीले ल्यापटप तथा क्यामेराका साथै चोरी कार्यमा प्रयोग गरिने विभिन्न औजार र लागू औषध ब्राउन सुगर २.३६ ग्राम बरामद गरेको छ । साथै कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीको पसलबाट प्रहरीले १७ थान मोनिटर,९ थान सिपियू र ३ थान ल्यापटप समेत बरामद गरी दुवै जना उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...