काठमाडौं – बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा विभिन्न ठाउँमा ३ नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
पर्वतको कुश्मा नगरपालिका र महाशिला गाउँपालिका तथा बाग्लुङको जैमिनी नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
बुधवार छुट्टाछुट्टै सूचना जारी गर्दै ३ वटै स्थानीय तहले सार्वजनिक बिदाको निर्णयबारे जानकारी दिँदै सबै सरकारी कार्यालय, विद्यालय, वडा कार्यालयमा बिदा हुने जानकारी दिएका छन् ।
हेर्नुस् ३ वटै पालिकाद्वारा जारी सूचना :-
लोकान्तर संवाददाता