पुल भाँच्चिएपछि बनाइएको ड्राइभर्सन पनि बाढीले बगायो

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको अरुणखोलाको पुल भाँच्चिएपछि बनाइएको ड्राइभर्सन पनि खोलामा आएको बाढीले बगाएको छ ।

गत बुधवार बिहान ट्रकको ठक्करबाट अरुणखोला पुल भाँच्चिएपछि बनाइएको ड्राइभर्सजन आइतबार  साँझ आएको वर्षा सँगैको बाढीले बगाएपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा आएको बाढीले ड्राइभर्सन बनाउन प्रयोग गरिएको हु्यम पाइपहरु केही मिटर बगाएर लगेको छ । शनिवार दिउँसोदेखि केही सहज बनेको पूर्वपश्चिम राजमार्गको यातायात पूर्ण रुपमा रोकिएको छ ।
मध्यविन्दु नगरपालिका अन्तर्गतको अरुणखोला पुल पूर्व र पश्चिम सवारीसाधनको जाम लागेको इलाका प्रहरी कार्यालय अरुणखोलाले जनाएको छ ।
अस्थायी ड्राइभर्सजन निर्माण भएसँगै यातायात सेवा सुचारु भएको खवर सुनेर आएका सयौँ यात्रु र सवारी साधनबीच वाटोमा अलपत्र परेका छन् । खोलामा पानीको वहाव ठूलो रहेकाले तत्काल वैकल्पिक मार्ग मार्फत यातायात सेवा सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र पैदलयात्रुले भने पुल माथिबाट नै यात्रा गरेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्