कर्णालीमा खुल्यो पहिलो कपडा बैंक

सुर्खेत । देशको विभिन्न ठाँउहरुमा खुलिरहेको कपडा बैंक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चौकमा पनि खोलिएको छ । 

कर्णाली प्रदेशकै पहिलो कपडा बैंकको रुपमा खोलिएको हो, यो बैंक ।


Advertisement

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोगमा कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपाल, समाजिक सञ्जाल समूह, भैरव यूवा ससक्तिकरण सुर्खेत, हाम्रो यूथ क्लव सुर्खेत, लायन्स क्लव अफ कर्णाली, न्यू विशाल ईन्जिनियरिङ्ग वर्कसप सुर्खेत, समुदाय–प्रहरी साझेदारी सुर्खेतको सहयोगमा उज्यालो जीवनको आयोजनामा कलेक्सन बैंक फर अल  नाममा स्वेच्छिक संकलन गरिएको हो ।

मंगलगढीमा खोलिएको उक्त वितरण तथा संकलन केन्द्रमा जो कोहीले पनि आफू संग भएको अरुलाई काम लाग्ने कपडा, जुत्ताचप्पलहरु दान दिन सकिने र आवश्यक भएकाहरुले सजिलै लैजान सकिने मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले यो ऐतिहासिक कार्य भएको बताउँदै निरन्तरता दिन सुझाए । ‘कर्णाली अभावै अभावले जेलिएको प्रदेश हो ।’ उनले भने, ‘यहाँहरुको बैंकबाट कोही पनि सुर्खेत वासी कपडा अभाव भई चिसोमा सुत्ने चलन अन्त्य होस ।’ उनले नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरे, वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरलगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्