कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सुर्खेत।तपाईँलाई थाहा नै छ सरकार भनेको कार्यान्वयन गर्ने निकाय हो । प्रदेश सभाले कानून बनाउने, सरकारले विकास निर्माण गर्ने, न्यायालयले न्याय दिलाउने मुख्य जिम्मा हो । सरकारले बजेट ल्याउने काम गर्छ र त्यसलाई कार्यान्वयनमा लैजान्छ । तर कर्णाली प्रदेश सरकार हतारोमा निर्णय गर्छ र कार्यान्यन भने गर्दैन ।
२०७४ साल चैत्र ३० गते प्रदेश सरकारको मन्त्रिपरिषदले विभिन्न निर्णयहरु गरेको थियो । ती मध्ये अहिलेसम्म कर्णाली पर्यटन प्राधिकरण स्थापना हुन सकेको छैन ।
नाग्मदेखि रारा तालसम्म कालोपत्रे बनेको छैन । छिमेकी देश चीनसँग जोडिएका उत्तरी नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्लो धो नाकालाई औपचारिक रुपमा खोल्ने निर्णय उतिबेला नै भइसकेको थियो तर अहिलेसम्म प्रगति शून्य छ ।
वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय स्तरको न त रंगशाला नै बनेको छ न त विमानस्थल नै । सरकार स्थापना भएको डेढ बर्ष पुगेको छ । न वीरेन्द्रनगरको गुरुयोजना नै सरकारले बनाएको छ ।
२०७५ भदौ ३० गते सरकारले भूमिहिन सुकुम्वासी समस्या समाधान सुझाव आयोग गठन आदेश २०७५ स्विकृत गरेको थियो । तर अहिलेसम्म काम हुन सकेको छैन ।
पत्रकारकालागि आमसञ्चार प्रतिष्ठान गठन गर्ने गत वर्षको बजेटमा थियो अहिलेसम्म गठन भएको छैन । टिभी र रेडियो खोल्ने भनिएको थियो सरकार चुप छ ।
२०७५ साउन १० गते बसेको बैठकले प्रदेश लोकसेवा आयोग विधेयक बनाउन सहमति दियो । विधेयक पारीत पनि भयो राजनीतिक खिचातानीका कारण अहिलेसम्म आयोग गठन हुन सकेको छैन ।
२०७५ साल माघ ९ गते बसेको बैठकले प्रदेश अनुसन्धान व्यूरो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि अनुमति दिएपनि अहिलेसम्म उक्त विधेयक तयार भइसकेको छैन । यस्ता धेरै विधेयक सरकारले अहिलेसम्म बनाउन सकेको छैन । प्रदेश सभामा विजनेश नभएका कारण बैठक बस्न सकिरहेको छैन ।
सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेको थियो । उक्त निर्णय अहिले ओझेल परेको छ ।
सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले ती सबै कार्यान्वयनमा विस्तारै जाने दाबी गरिन् । ‘कर्मचारी अभाव, अन्य समस्याका कारण सबै निर्णय एकैचोटी कार्यान्वयनमा लैजान हामीलाई समस्या भएको साँचो हो ।’ उनले भनिन्, ‘नयाँ संरचना भएका कारण अलि कठिन भएको हो । अब कार्यान्वयनमा जान्छन् ।’
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...