भोलि कर्णाली प्रदेश सभाको बैठक बस्दै, राष्ट्रिय सभाका अध्यक्ष आउने

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक भोली विहान ११ बजे बस्ने भएको छ । असार २७ गते स्थापना भएको सदनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना आउने भएका छन् । उनले प्रदेश सभामा सम्वोधन गर्ने या नगर्ने बारे अहिले केहि निर्णय भइ नसकेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । ‘राष्ट्रिय सभा अध्यक्ष आउने पक्का भएको छ ।’ सभामुख शाहीले भने, ‘तर उहाँले बोल्ने वा नबोल्ने कुरा टुंगो भने लागेको छैन ।’


Advertisement

कमेन्ट गर्नुहोस्