कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
भदौ ३, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट शुरू हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरू रहेको सुनाए । यद्यपि उनले कतिपय विषयहरू समाधानउन्मुख रहेका पनि जिकिर गरे ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाए । उनले भने,‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरूबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरू हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’
भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उनले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित हुने बताए ।
उनले भने, ‘भारतसँग हाम्रो दुई तिहाईको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ । सीमा, डुबानलगायत १९५० को सन्धि र ईपीजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । यो महत्वपूर्ण फोरम हो । हामीबीच रहेका सबैखाले समस्याहरूलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौं ।’
उनले विगतका समस्याहरू समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरूमा अघि बढाएर अघि बढ्ने सुनाए ।
उनले भने,‘वर्तमान सरकार त्यसतर्फ उन्मुख भएको छ ।’ नेपाल–भारत संयुक्त आयोगको बैठक राम्रो र सकारात्मक हुने पनि उनले विश्वास दिलाए । भारतीय विदेशमन्त्री जयशंकर अनुभवी र कुटनीतिक करियरबाट आएकोले उनले सोहीअनुसार नेपाल–भारत सम्बन्धलाई सही र सकारात्मक दिशातर्फ डोहोर्याउनेपनि बताए ।
भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) महत्वपूर्ण प्रयास र पहलकदमी भएकोले प्रतिवेदनमा आफूहरूले दुई देशबीचका महत्वपूर्ण विषयहरू समावेश गरेकोले दुवै देशका प्रधानमन्त्रीले प्रतिवेदन बुझेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।
‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने, ‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनकाअनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाई गरेको हुनसक्छ । तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको भट्टराईको भनाई छ । उनले भने,‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भीर रुपमा लिनुभएको छ । यसमा फरक मत छैन् । त्यसैले प्रतिवेदन बुझ्दैनन कि भनेर आशंका नगरौं ।’
भारतको कश्मिरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घट्नामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पारे । उनले थपे,‘सबै विषयमा टिप्पणी गर्नुपर्छ भन्ने छैन् ।’
डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए ।
उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...