संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि र नाराबाजी रोक्न सांसदहरूको माग

काठमाडौं– सांसदहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधवारको बैठकको शून्य समयमा उनीहरूले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


Advertisement

सांसद बलराम बाँस्कोटाले भने, 'राजतन्त्र समाप्त भइसक्यो । समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ ।  यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ ।'

उनले  सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै कोहीमाथि प्रश्न उठिसकेपछि अनुसन्धान गर्ने काम सरकारको हो, कसैले पनि अनुसन्धानमा बाधा पुर्‍याउन हुँदैन भने । 

सांसद धनकुमारी खतिवडाले तराई/मधेशसहित देशका विभिन्न जिल्लामा आएको डुबान, बाढीपहिराका  पीडितलाई थप राहतको व्यवस्था गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई आग्रह गरिन् ।  

उनले भनिन्, 'उद्यपुरको मदनभण्डारी राजमार्गमा ४३ वटा पुल छिटो निर्माण सम्पन्न हुनुपर्‍यो । पुलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार काम हुनुपर्‍यो । खेतीयोग्य जमीन नष्ट हुनेतर्फ ध्यान दिनुपर्‍यो ।'

कमेन्ट गर्नुहोस्