माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
भदौ ४, २०७६
काठमाडौं – नेपालमाथि भारतले गरेको अमानवीय नाकाबन्दीको डिजाइनर मानिने भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकरको २ दिने नेपाल भ्रमण अहिले चर्चाको विषय बनेको छ ।
२०७२ सालको असोजमा अन्तिम चरणमा रहेको संविधान निर्माण प्रक्रियामा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आएका जयशंकरले प्रक्रिया लम्ब्याउन दबाब दिएका थिए ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जयशंकरको दबाबलाई बेवास्ता नगरेको भए संविधान नै नबन्ने भन्दै जयशंकरको उक्त रवैया अपमानजनक रहेको सार्वजनिक रूपमै बताइसकेका छन् ।
त्यतिबेला विदेश सचिवका रूपमा मोदीको विशेष दूत बनेर आएका जयशंकर यसपटक भने विदेशमन्त्रीकै रूपमा आएका छन् ।
जयशंकरको नेपाल भ्रमण कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएपनि आम नेपाली जनताको नजरमा भने संशयपूर्ण देखिन्छ ।
ढाकाको ३ दिने भ्रमणमा रहेका जयशंकर बुधवार अपराह्न एयर बंगलादेशको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए ।
नेपाल ओर्लेलगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । जयशंकर नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आएका हुन् ।
बुधवारदेखि दुई दिनसम्म चल्ने उक्त बैठकका अलावा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेताहरू लगायतसँग उच्चस्तरीय भेटघाट गर्नेछन् ।
प्रधानमन्त्रीसँगको भेटमा जयशंकरले नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुगेको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय मामिलाका सल्लाहकार राजन भट्टराईले दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको जानकारी दिए ।
भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
ईपीजीको गठन भारतीय प्रधानमन्त्री मोदी आफैंले गरेका थिए । त्यसको प्रतिवेदन बुझ्न मोदी आफैं अनिच्छुक रहेको समाचारहरू बाहिर आएका छन् ।
जयशंकरसँग यसको जवाफ छ कि छैन, त्यो भविष्यले बताउला ।
दुई वर्ष लगाएर तयार गरिएको ईपीजीको प्रतिवेदनमा नेपालका एजेण्डा हाबी भएको भन्दै मोदीले बुझ्न इच्छा नजनाएको आरोप लाग्ने गरेको छ ।
भारतका अवकाशप्राप्त सेनाध्यक्ष अशोक मेहताले भने जयशंकरले नेपाल भ्रमणको अवसरलाई सदुपयोग गर्दै नेपाली जनताको मन जित्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
बुधवार लोकान्तरसँग कुरा गर्दै मेहताले २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी गल्ती थियो भनेर पश्चाताप गर्नुपर्ने बताएका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्दैछन् भने बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले दिएको जानकारी अनुसार बैठकमा विशेष गरी पाँचवटा एजेण्डामा गहन छलफल हुनेछ । बैठकमा राजनीति, सुरक्षा र सीमा, कनेक्टिभिटी, ऊर्जा र जलस्रोत तथा संस्कृति र शिक्षाका एजेण्डमा छलफल हुने ज्ञवालीले सञ्चारमाध्यमहरूलाई बताइसकेका छन् ।
बैठकमा भारतले लगानी गरेका तर लामो समयदेखि सम्पन्न हुन नसकेका परियोजनाका सन्दर्भमा कुरा उठाउने नेपाली पक्षको तयारी छ । ती आयोजनाहरू कि त खारेज गर्नुपर्ने कि त समयमै सम्पन्न गर्ने प्रतिबद्धता भारतीय पक्षबाट आउनुपर्ने नेपाली पक्षको दबाब रहनेछ ।
त्यसबाहेक नेपाल–भारत बीचमा कायम रहेको आर्थिक साझेदारी, व्यापार, पारवहन लगायत टन्नै एजेण्डामा छलफल हुनेछन् । पञ्चेश्वर बहुउद्देश्य जलविद्युत परियोजना, मोतिहारी अमलेखगञ्ज पाइपलाइन, अरुण तेस्रो जलविद्युत् आयोजना, हुलाकी राजमार्ग निर्माण कार्य, जनकपुर जयनगर रेल्वे परियोजना र आन्तरिक जलमार्ग अध्ययनको कामको बारे पनि छलफल हुने बताइएको छ ।
भारतको विदेशमन्त्री बनेलगत्तै जयशंकरले आफ्नो प्राथमिकतामा छिमेकी देशहरू पर्ने बताएका थिए । जयशंकर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विषयमा अनुदार मानिन्छन् ।
पहिल्यैदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)लाई उनले जोड दिइरहेका छन् ।
लामो समयसम्म अवरुद्ध बनेको सार्क शिखर सम्मेलनका विषयमा नेपाली पक्षले कुरा उठाउने सम्भावना भएपनि परराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक गरेको एजेण्डामा सार्कको विषय समावेश छैन ।
नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । ज्ञवाली र स्वयम् प्रधानमन्त्री ओलीले सार्कको विकल्प बिमस्टेक नहुने भन्दै अभिव्यक्ति दिइसकेका छन् । तर यसबारेमा भारतीय पक्षको धारणा सार्वजनिक भइसकेको छैन ।
बरु जयशंकरले यसपटकको भ्रमणमा कश्मीर मामलामा बलियो समर्थन जुटाउन पहल गर्ने सम्भावना छ । त्यसो त भारतले संविधानबाट कश्मीरको विशेषअधिकार खारेज गर्दा नेपालले औपचारिक रूपमा कुनै धारणा व्यक्त गरेको छैन ।
आम नेपाली जनताको तहमा त्यति राम्रो छवि नभएका जयशंकरले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन कस्तो भूमिका खेल्लान् भन्ने विषय अहिलेको सर्वाधिक चासोमा छ ।
जयशंकरलाई ४ वर्षअघिकै हेपाहा रवैयाका साथ प्रस्तुत हुने सुविधा अहिले छैन । नेपाल भारतको चाहना 'विपरीत'को संविधान निर्माण गरेर पनि धेरै अघि बढिसकेको छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...