कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुर - उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको भय बढेको छ । एक हप्ताभित्र मात्र कटारी क्षेत्रमा डेङ्गुबाट २९ जनाभन्दा बढी प्रभावित भई बिरामी परेका छन् भने अन्य डेङ्गुबाट प्रभावित बिरामीसमेत अहिले उपचारको लागि कटारी अस्पतालमा आउने क्रम बढ्दै गएको बताइएको छ ।
अस्पतालका प्रमुख डा पवन साहकाअनुसार १५ श्ययाको कटारी अस्पतालमा अहिले डेङ्गुका बिरामीले अस्पतालका श्यया भरिभराउ भएपछि बाँकी डेङ्गुका बिरामीलाई भूईंमा राखेर उपचार गर्न बाध्य हुन परेको छ । डा साह भन्छन्, 'अहिलेसम्म २९ डेङ्गुका बिरामीको उपचार गरिरहेका छौँ, केही उपचारपछि घर फर्केका छन् ।'
अस्पताल आएका तीन बिरामीको अवस्था गम्भीर भएकाले एक जनालाई धरानस्थित बिपी मेमोरियल अस्पताल, एकको विराटनगर र अर्का बिरामीलाई काठमाडौँ पठाउन सिफारीस गरिएको डा साह बताउँछन् ।
कटारी बजारमा अहिले डेङ्गुको व्यापक प्रभाव देखिएपछि नगरपालिकाले व्यापक नगर सरसफाइ अभियान तथा लामखुट्टे हटाउने अभियान शुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार डेङ्गुबाट बच्न नगरपालिकाले कटारी बजार र गाउँघरमा सडक खाल्डा, नालाको व्यापक सरसफाइ अभियान थालिएको छ ।
लामखुट्टे हटाउन ‘स्प्रे’ छर्कने कामदेखि लामखुट्टे मार्ने ग्यास बाल्ने कार्यसमेत गरिएको छ । स्थानीय सञ्चारमाध्यबाट र नगरपालिकाले माइकबाटसमेत आह्वान गरेर लामखुट्टेबाट सतर्क हुन नगरवासीलाई आग्रह गरिएको छ ।
प्रदेश नं– १ अन्तर्गतको स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले डेङ्गुको अनुगमन गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । डेढ महीनाअघि कटारीमा दुई जनामा देखा परेको यो रोग अहिले फैलिँदै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीको हडिया, सुन्दपुर, बसाहा, बेल्टार र बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेश्वरी, रामपुरसहितका स्थानमासमेत अहिले केही मानिसमा डेङ्गु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
कटारीसहित अन्यत्रसमेत गरी ४५ भन्दा बढी मानिस डेङ्गुबाट प्रभावित भएको पनि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...