×

NMB BANK
NIC ASIA

दलितलाई शवदाहगृह उपलब्ध गराइएन, पुलबाट खसाएर अन्तिम संस्कार गर्न बाध्य

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको तमिलनाडु राज्यस्थित भेल्लोरमा दलिहरूमाथिको भेदभावको विकराल घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

पलार नदीको किनारमा दलितको शवको दाहसंस्कार गर्न अनेकौं बाधा तेर्स्याउने गरिएको छ । दाहसंस्कारअघि उनीहरूले २० फीट अग्लो ओभरब्रिजबाट शवलाई तल खसाउनुपर्ने हुन्छ । अनि तल पुगेर अन्तिम संस्कार गर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार दलित समाजका मानिसले एक शवलाई पुलबाट नदीमा खसाएका छन् । नारायणपुरम दलित कोलोनी निवासी कुप्पनको सडक दुर्घटनामा ज्यान गएको थियो । त्यसपछि समाजका अनेकौं मानिसको उपस्थितिमा उनको शव पलार नदी किनारमा दाहसंस्कारका लागि ल्याइएको थियो । 


Advertisment
Nabil box
Kumari

अन्तिम संस्कारका लागि सबै रीतिरिवाजपछि नदी किनारमा पुलबाट डोरी लगाएर कुप्पनको शव झुण्ड्याइयो र दाहसंस्कार गरियो । पुल बनेपछि नदीको किनारमा रहेको जमीनमा कथित उच्च जातिका मानिसले कब्जा जमाए । त्यसपछि उनीहरू कुनै पनि दलितलाई त्यहाँ आउनै दिँदैनन् । 

Vianet communication
Laxmi Bank

कुप्पनका भतिजा विजय भन्छन्, ‘हामीहरू शवदाह गराउन आएका थियौं । तर गार्डले हामीलाई भित्र आउने अनुमति दिएनन् । कुनै विवाद नहोस् भनेर हामीले पुलबाट नै शव खसाउन उचित ठान्यौं ।’

दलित कोलोनीका कृष्णन भन्छन्, ‘गाउँमा शवदाहका लागि पर्याप्त स्थान छैन । यस्तो हुँदा गाउँका मानिस नदी किनारमा नै शवदाह गर्छन् । तर हामीलाई त्यसको अनुमति दिइएन । बाध्य भएर हामीले शवलाई पहिला पुलबाट खसाउनुपर्छ । अनि मात्र हामी अन्तिम संस्कार गर्न पाउँछौं । विगत चार वर्षदेखि हामीहरू यसरी नै दाहसंस्कार गरिरहेका छौं ।’

दलित समाजले प्रशासनलाई यस विषयमा हस्तक्षेप गर्न माग गरेको छ । भेल्लोर कलेक्टर एएस सुन्दरमले घटनाको अनुसन्धान भइरहेको छ र प्रतिवेदनको आधारमा उचित कारवाही गरिने बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x