असार २३, २०७९
जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्त...
नुवाकोट- पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।
गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन यसपाली बगाएको हो ।
डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए । 'गत वर्ष नै पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण गरिएन, अहिले पनि दुःख पाइयो,' वडाध्यक्ष नेपालले भने ।
गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन् । गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।
'अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरू भइसकेको छ,' प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, 'साँझसम्ममा यातायात सञ्चालन हुन्छ ।'
डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौं आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन् । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ ।
जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्त...
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् । ‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबा...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानूनविपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा...
प्रहरीले स्थानीय तहमा सुरक्षा दिन सकेको भन्दै निर्वाचन आयोगले आरोप लगाउँदै आएको छ। त्यसको दबाब प्रहरीमा परेको थियो। त्यसकै कारणले प्रहरीले केहीदिन अगाडि बसेको सुरक्षा समितिको बंठकमा २ चरणमा चुनाव गर्नुपर्ने प्र...
करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ । करिब सात करोड ६० लाख वर्ष ...
मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी छ। आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने ग...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...