जम्मू-कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय अदालत लाने तयारीमा पाकिस्तान

एजेन्सी- भारतले जम्मू कश्मीरको विशेष दर्जा अन्त्य गरेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लिएर जाने पाकिस्तानले बताएको छ । 

पाकिस्तानका विदेशमन्त्री शाह महमूज कुरेशीले यसको जानकारी दिँदै भने, ‘सैद्धान्तिक रूपमा कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लग्ने फैसला गरिएको छ ।’


Advertisement

कुरेशीका अनुसार कानूनका पहलुलाई विचार गरेर यो फैसला गरिएको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका विशेष (सूचना) सल्लाहकार फिरदौस आशिक अवानले सैद्धान्तिक रूपमा कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लान मन्त्री परिषदले अनुमति दिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्