झापा र ईलाम मालपोत कार्यालयमा प्रभू बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं – प्रभू बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउन्टरको २०७६ भदौ ०१ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोइरालाले उद्घाट्न गरे ।


Advertisement

ईलामस्थित मालपोत कार्यालय परिसरमा बुधवार ईलाम मालपोत कार्यालय प्रमुख केशवकुमार ढकाल र कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्रबहादुर थापाले संयुक्त रुपमा प्रभू बैंकको एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीले अब विना झन्झट प्रभू बैंकको एक्स्टेन्सन काउन्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्रबैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभू बैंकले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभू बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । प्रभू बैंकका दुवै एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राही प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजस्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २६ वटा एक्स्टेन्सन काउन्टरमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्