हवाई कारवाहीमा २० तालिवानको मृत्यु

 अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारवाहीमा परी कम्तीमा पनि २० जना तालिवानको ज्यान गएको छ । 

अफगानिस्तानको हवाई सैन्य बलले सो कारवाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिवानको बस्ती रहेको सूचनाका आधारमा ती तालिवानमाथि हमला भएको अधिकारीहरूले जानकारी दिएका छन् ।


Advertisement

उक्त क्षेत्रमा रहेको तालिवानहरूको आश्रयस्थलका साथै उनीहरूका अन्य आवश्यक सामग्रीहरू पनि सो कारवाहीका क्रममा नष्ट गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिवानहरूको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारवाही गर्ने गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्