११ हजार घुस माग्ने नापी सर्वेक्षकमाथि अख्तियारले गर्यो मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनीहरुलाई केही दिन पहिले पक्राउ गरेको थियो ।


Advertisement

निमयानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर ११ हजार घुस माग गरेको उनीहरु माथि आरोप लागेको छ ।

यस्तै आयोगले प्रहरीचौकी पाँचलाख काभ्रेका प्रहरी हबल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेलम्चीदेखि काठमाडौँमा चल्ने टिपरबाट रु दुई हजार घुस लिएको उनीहरुमाथि आरोप लागेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्