कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
धनगढी – भनिन्छ, विचारको युद्धमा किताब नै सबैभन्दा ठूलो अस्त्र हो । विचारले संसार बदल्ने क्षमता राख्दछ भने विचार संग्रहित किताब र किताब संग्रहित पुस्तकालयको तागत सहजै अनुमान लगाउन सकिन्छ ।
कैलालीको धनगढीस्थित कैलाली जनपुस्तकालयको महत्त्व हिजो पनि उत्तिकै थियो, आज पनि उत्तिकै छ । पुस्तक पारखी तथा साहित्यकर्मीको आस्थाको धरोहर समेत हुन सफल भएको छ जनपुस्तकालय ।
२०१४ सालमा स्थापना भएको पुस्तकालय सुदूरपश्चिम प्रदेशकै सबैभन्दा पूरानो पुस्तकालय पनि हो । २०१० सालमा स्थापित कमलादेवी पुस्तकालय र २०११ सालमा स्थापित जनता पुस्तकालल एकआपसमा गाँभेर बनाइएको कैलाली जनपुस्तकालयप्रति पुस्तक पारखीको प्रगाढ माया आज पनि उत्तिकै सग्लो छ ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडाका मेघनाथ खनाल ‘बन्धु’ २०४२ देखि पुस्तकालयमा पुुगेर नियमित पुस्तक अध्ययन गर्दै आएको बताउँछन् । क्याम्पस अध्ययनताका पुस्तकालयका पुस्तक पढेर उच्च शिक्षा हासिल गरेको र अन्य रुचिकर पुस्तक पनि हालसम्म पढ्दै आएको उनी बताउँछन् ।
‘पुस्तकमा त्यो नशा र शक्ति हुन्छ, जुन एक पटक लाग्यो त लाग्यो । मान्छेको सोच, कार्यदिशाका साथै जीवनलाई नै बदल्छ । एक छाक खाना छोडिन्छ तर किताब पढ्न छोड्न सकिन्न । अब त यो जीवन रहेसम्म पुस्तकालयका यात्रा पनि रोकिन्न । क्याम्पसका किताब नहुँदा पुस्तकालयमा आएर पढियो । उच्च शिक्षा हासिल गरियो,’ उनले भने, ‘हाल सूचना प्रविधिको जमाना आएपनि के भयो ? विस्तृतमा अध्ययन गर्न पुस्तकालय पुग्नैपर्छ । पुराना पुस्तक जम्मै इन्टरनेटमा कहाँ पाइन्छ र ?’
पुुस्तकालय आस्था हो : यात्री
कतिपय स्थानीय साहित्यकारले आफूलाई साहित्यकारको रुपमा जन्माउनेमा जनपुस्तकालयलाई नै श्रेय दिन पछि पर्दैनन् । हालसम्म ३२ कृति प्रकाशित गरेको, १० वटा प्रकाशोन्मुख र दर्जनौं पुस्तक सम्पादन गरेका तथा ३ दर्जन बढी संघसंस्थाबाट सम्मानित भएका ६५ वर्षीय वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले कैलाली पुस्तकालयले नै आफूलाई ‘यात्री’ बनाएको बताए ।
‘म र पुस्तकालयबीचको साइनो अहिलेको होइन, २०३० सालदेखिको हो । २०३८ सालदेखि आजीवन सदस्यका साथै धेरै पटक पुस्तकालयको प्रबन्ध समितिमा रहेर काम गरेको छु । मेरो आस्था, प्राण नै जनपुस्तकालय हो जस्तो लाग्छ । बाँचुञ्जेलसम्म मेरो सम्बन्ध रहनेछ । यहाँ फोहोरी राजनीतिक गन्ध छैन,’ उनले भने ।
साहित्यकार यात्री मात्रै होइन, यहाँका हरेक साहित्यकार तथा साहित्यिक संघसंस्थाको उद्गमस्थल तथा जननी नै कैलाली जनपुस्तकालय बन्न पुगेको छ ।
सुदूरपश्चिम साहित्य समाज, छन्द प्रतिष्ठान, विद्यार्थी साहित्य प्रतिष्ठान, गजल मञ्चलगायत दर्जनौं संघसंस्थाको उद्गमस्थल नै जनपुस्तकालय रहेको बताउँछन् पुस्तकालय प्रबन्ध समितिका कोषाध्यक्ष गगनसिंह ऐर ।
बाहिर बजारमा नपाइने किताब यहाँ पाइने गरेको अनुभव सुनाउँदै कोषाध्यक्ष ऐरले भने, ‘साहित्यकार देवकान्त पन्तले लेखेको डोटेली लोक साहित्यबारे लेखिएको किताब बजारमा खोज्दा–खोज्दा हैरान थिए । अन्ततः पुस्तकालयबाट लगेर अध्ययन गरे ।’
पछिल्लो समय पुुस्तकालय हरेक दृष्टिकोणले सशक्त हुँदै गएको छ । भौतिक संरचनादेखि लिएर पुस्तक व्यवस्थापन, जनशक्ति व्यवस्थापनमा पनि पुस्तकालय फड्को मार्दै गएको छ । पुस्तकालयका कार्यालय प्रमुख डिल्लीराज योगीका अनुसार हाल साढे ७ सय जना आजीवन सदस्य रहेको जनपुस्तकालयमा नियमित रुपमा दैनिक ४०/५० जना पाठकले पुस्तक अध्ययन गर्छन् । पुस्तकालयमा आर्थिक, सामाजिक, धार्मिक, साहित्यिक गरी विभिन्न विधाका १५ हजार पुस्तक संग्रहित छन् ।
कार्यालय प्रमुख योगी भन्छन्, ‘बरु पहिला अव्यस्थित थियो । पाठकहरू कमैले अध्ययन गर्न आउँथे । आजभोलि पाठकको संख्यामा बढोत्तरी पाएका छौं । जसलाई मध्यनजर गरी सफा र शान्त वातावरणमा पढ्ने वातावरण मिलाएका छौं ।’
निःशुल्क ई–लाइब्रेरी
पुस्तकालयले नयाँ पुस्तालाई आकर्षित गर्न नयाँ प्रविधिलाई पनि अँगाल्दै गएको छ । पुस्तकालयप्रति नयाँ पुस्तालाई अग्रसर गराउने उद्देश्यले २ वर्षयता ई–लाइब्रेरी पनि सञ्चालनमा ल्याएको छ । शुरूवाती अवस्थामा प्रतिघण्टा २० रुपैयाँ शुल्क लिएर ई–लाइब्रेरीको सेवा दिँदै आएको पुस्तकालयले हाल भने निःशुुल्क सेवा दिँदै आएको हो ।
जनपुस्तकालय प्रबन्ध समितिका अध्यक्ष डा. टीएन जोशीले पछिल्लो पुस्ताको सामाजिक सञ्जालप्रतिको बढ्दो लगाबलाई मध्यनजर गर्दै ई–लाइब्रेरीलाई थप प्रभावकारी बनाउनुको साथै विभिन्न विद्यालय, क्याम्पस र अभिभावकसँगको सहकार्यमा विद्यार्थीलाई पुुस्तकालय अवलोकन अध्ययनको अभियान पनि थालनी गरेको बताए ।
त्यति मात्रै होइन, पुस्तकालयलाई सुदूरपश्चिमकै सांस्कृतिक, साहित्यिक अभियानको केन्द्र बनाउने र अन्ततः स्मार्ट पुस्तकालय बनाउने योजना समेत अध्यक्ष जोशीले सुनाए ।
‘पुस्तकालयको आफ्नै आयस्रोत त छैन तर आफ्नो भिजन अनुसार चलेको छ । राष्ट्रिय पुस्तकालय र विभिन्न निकायबाट हुने सहयोग अनुदानबाट सञ्चालित छ । हाल प्रदेश सरकारले पनि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसबाट हामीले सपिङ कम्पलेक्स बनाउने योजना बनाएका छौं । बालबालिकाको लागि बाल अध्ययन केन्द्र, वृद्धवृद्धाका लागि अलग्गै अध्ययन केन्द्र, धर्मशाला, कार्यक्रम गर्न व्यवस्थित र अत्याधुनिक सभाहल निर्माण गर्ने, ऐतिहासिक व्यक्तित्वको तस्वीर राख्ने योजना पनि बनाएका छौं,’ अध्यक्ष जोशीले भने ।
आगामी १० वर्षभित्र मुलुककै हेर्न लायक पुस्तकालय बनाउने र १ लाख पुस्तक राख्ने योजना रहेको सुनाउँदै उनले गुरुयोजना समेत तयार गरिरहेको बताए ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...