भारतमा सवारी दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी- भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एक ठूलो सवारी दुर्घटना भएको छ । 

राजसमन्द जिल्लाको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिँदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


Advertisement

दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ । ट्यांकरले भरी एसिड बोकेको थियो । 

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निस्किएका थिए । मर्नेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । 

कमेन्ट गर्नुहोस्