स्विस महिलाहरू सबभन्दा बढी बाँच्ने गरेको अध्ययनको निष्कर्ष

काठमाडौं – स्विस महिलाहरूको सरदर आयु सबभन्दा बढी रहेको १५ देशको अध्ययनमा पत्ता लागेको छ । 

युरोपको भूपरिवेष्ठित मुलुक स्विट्जरल्यान्डमा महिलाको आयु सरदर ७९.०३ वर्ष छ । 


Advertisement

यसको तुलनामा बेलायत र अमेरिकाको सरदर आयु क्रमशः ७६.४३ र ७६.०८ वर्ष छ । उनीहरू क्रमशः छैठौं र आठौं स्थानमा छन् । 

युरोप, उत्तर अमेरिका र एसियाका १५ देशमा डा मिशेल गिलोट र उनका सहकर्मीहरूले सरदर आयुको आँकडा संकलन गरेका थिए । 

अस्ट्रेलियाका महिलाहरू ७८.९ वर्षका साथ दोस्रो स्थानमा रहे भने नर्वेका महिला ७८.६१ वर्षका साथ तेस्रो स्थनमा रहे ।

पुरुषको कुरा गर्दा अस्ट्रेलियालीहरू ७४.१ व्र्षका साथ पहिलो स्थानमा रहे भने स्विेडनका पुरुष ७४.०२ वर्ष र स्विट्जरल्यान्डका पुरुष ७३.७ वर्षका साथ तेस्रो स्थानमा रहे । 

अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी डा कोलिन पेनले अध्ययनको सहनेतृत्व गरेकी हुन् । उनले भनिन्, ‘धेरैजनालाई जापान र नर्डिक देशहरू स्वास्थ्य, सुजीवन र दीर्घजीवनमा उम्दा छन् भन्ने लाग्छ । तर अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

दीर्घकालीन स्थिरताका कारण अस्ट्रेलियामा दीर्घजीवनको निकै उच्च मापदण्ड छ । पर्याप्त खाना पाउनु र ठूलो द्वन्द्वको सामना नगर्नु जस्ता सरल कुराले पनि यसमा भूमिका खेल्छन् ।’

एजेन्सी

कमेन्ट गर्नुहोस्