कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
खार्तुम– सुडानमा देशभरी आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले शनिवार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरूमा परेर अरू १०१ जनाभन्दा बढी घाइते भएका छन् ।
'वर्षा र बाढीले हालै देशभरी असर पारेको छ, त्यसका कारण ६० जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्,' स्वास्थ्य मन्त्रालयका कार्यवाहक उपसचिव सुलेमान अब्दुल जब्बारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पु¥याएको र २० हजारभन्दा धेरैको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए ।
उनले वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरूबाट बच्न अभियान चलाउन थालेको पनि जानकारी दिए । अभियान अन्तर्गत वर्षायाममा मानिस, जनावर र वातावरणमा पर्ने नकारात्मक असरका बारेमा जानकारी गराइने उनको भनाइ छ ।
यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो ।
सो कार्यालयले २२ हजार ६३४ घरमा क्षति पुगेको र ११ हजार ७०२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाएको छ ।
अगस्टको शुरूदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरू अवरुद्ध भएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...