चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौं – चालु आवको अन्त्यसम्म नेपालको केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने प्रक्षेपण सरकारले गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रणालीमा कूल एक हजार ३२५ मेगावाट विद्युत् थप भएको जनाएको सरकारले चालु आवको अन्त्यसम्म करीब सोही क्षमतामा विद्युत् थप हुने भएपछि विद्युत् उपभोग बढाउन नयाँ उपायको खोजी गरिरहेको छ ।
सकेसम्म खाना पकाउने एलपी ग्यासको विस्थापन मात्रै गर्न सके त्यसले देशको ठूलो धनराशि विदेशिनबाट जोगिन्थ्यो भन्ने सरकारको सोच रहेको छ । पेट्रोलियम पदार्थको खरीदमा मात्रै रु एक खर्ब ४० अर्ब रकम विदेशिने गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले यही भदौ १ गते सार्वजनिक गरेको विवरणअनुसार आव २०७५/७६ मा मात्रै रु २३ अर्ब बराबरको विद्युत् भारतबाट खरीद गरेको छ ।
अघिल्ला वर्षहरूको तुलनामा पेट्रोलियम पदार्थको आयात करिब १४ प्रतिशतले कम भएको तथ्याङ्क पनि आएको छ । तर, ठूलो धनराशि पेट्रोलियम पदार्थको खरीदमा खर्च हुँदा त्यसले व्यापार घाटा बढाउन सहयोग पुर्याएको छ । यस्तो समस्याबाट मुक्तिका लागि सरकारले विद्युतीय चुल्होको प्रयोग तथा विद्युतीय सवारी साधनको प्रयोगलाई समेत बढावा दिने लक्ष्य राखेको छ ।
विद्युतीय सवारी साधनका लागि काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि चार्जिङ स्टेशन निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । हाल १२ वटा चार्जिङ स्टेशन सञ्चालनमा छन् ।
विद्युत् माग बढाउने लक्ष्यका साथ सरकारले खाना पकाउनका लागि विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य व्यावहारिकरूपमा कार्यान्वयनमा आउन ढिलाइ भइरहेको बेला राजधानी नजिकैको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकामा भने सामुदायिक पहलमा नै विद्युतीय चुल्हो प्रयोगमा ल्याउने अभियान नै शुरुआत गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै उक्त अभियानको उद्घाटन गरेका छन् ।
देशबाट विद्युत्भार कटौतीको अन्त्य भई नियमितरूपमा विद्युत् आपूर्ति हुन थालेपछि उपभोक्ता स्वयं विद्युतीय चुल्होतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुल्होको प्रयोग बढिरहेको छ । अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको स्थानीयको भनाइ छ ।
सोही क्रममा काभ्रेको तेमाल गाउँपालिकाका बासिन्दा पनि विद्युतीय चुल्होप्रति आकर्षित भएका हुन् । तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुल्होको प्रयोग गराउन अभियान नै शुरू गरेको छ । समुदायकै अग्रसरतामा विद्युतीय चुल्हो प्रयोग अभियानकै रूपमा पहिलोपल्ट शुरु भएको हो ।
कार्यकारी निर्देशक घिसिङले शनिबार गाउँपालिकाको नारायणस्थानमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई इन्डक्सन चुल्हो वितरण गरी अभियानको शुरुआत गरेका हुन् । सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४०० घरधुरीलाई रु छ हजार सात सयमा इन्डक्सन चुल्हो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय चुल्होको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रमा महत्वपूर्ण फड्को भएको बताए ।
“तीन वर्षअघिसम्म कहालीलाग्दो विद्युत्भार कटौती (लोडसेडिङ) भोगेका हामी विद्युतीय चुल्होको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यौँ, त्यतिबेला बढी विद्युत् खपत गर्ने उपकरण प्रयोग नगरौँ भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ, विद्युत् खपत बढाउनुहोस् भन्नुपर्ने अवस्था आएको छ ”, उनले भने ।
“खाना पकाउन बिजुलीकै प्रयोग गरौँ, बिजुलीले नै पानी तताउँछौँ, गाडी पनि बिजुलीबाटै चल्ने चढ्छौँ, यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने तयारी छ”, स्थानीयवासीलाई हौस्याउँदै घिसिङले भने ।
विगतमा विद्युत्भार कटौतीको अन्त्य गर्नु चुनौतीपूर्ण काम रहेको उल्लेख गर्दै घिसिङले अब मुलुकभित्र उत्पादित विद्युत्को खपत गर्नु ठूलो चुनौती रहेको बताए । “उपभोक्तालाई पर्याप्त, नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति गर्न नै प्राधिकरणले प्रसारण र वितरण लाइनको सदुढीकरण गर्ने लगायतका काम मुलुकभर नै अभियानकै रूपमा चलाइरहेको छ”, उनले थप स्पष्ट पारे ।
सरकारले ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रमअन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएको छ ।
यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्ने सरकारको योजना छ ।
सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले गरेको अध्ययनले ग्रामीण खाना पकाउन ग्याँसको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधा सस्तो पर्ने देखाएको छ ।
ग्रामीण भेगमा खाना पकाउँदा दिनमा एक/दुई युनिट विद्युत् खपत हुने देखाएको छ, जसको मुल्य करीब रु १४ को हाराहारी हुनेछ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आफ्नो क्षेत्रमा विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्न चुल्हो खरीदमा अनुदान दिने व्यवस्था गरिने बताए ।
सोही अवसरमा तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन र प्राधिकरणको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए । रमेश लम्साल / रासस
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...