कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
भदौ ९, २०७६
टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ ।
टीकापुर घटना घटेकै अवधि (भदौ ७, ८ र ९) मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहट/थारुवानको आगामी कार्यदिशा तय गर्दै सम्पन्न भएको हो ।
मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
थरुहट/थारुवान आन्दोलनको क्रममा प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि भएपछि आन्दोलनमा शिथिलता आएको थियो ।
सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकता अप्नाउन तथ्य सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।
तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई अबिलम्ब माग सो घोषणा पत्रमार्फत् माग गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ भने संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न जोडदार रुपमा सो घोषणा पत्रमार्फत माग गरिएको छ ।
यतिमात्रै नभई हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहट/थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ भने संघीय निजामती ऐन सशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने पनि सो घोषणापत्रमा उल्लेख भएको प्रवक्ता चौधरीले बताए ।
आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारीलगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग गरिएको छ ।
मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने भएको छ । थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने सो घोषणा पत्रमा उल्लेख छ ।
३ चरणको आन्दोलनको रुपरेखा
सम्मेलनले ३ चरणको आन्दोलनको कार्यदिशा समेत तय गरेको छ । पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्क तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने भएको छ ।
दोसो चरणमा कोणसभा, विरोधसभा, र्याली, जनप्रदर्शनका कार्यक्रमलाई मोर्चाले तराईका जिल्लामा सशक्त रुपमा सञ्चालन गर्ने रणनीति तय गरेको छ । सोहीबीचमा तराईको जिल्लाको १० ठाउँमा आमसभा गर्ने जनाएको छ तर ठाउँ र समय भने तय हुन बाँकी रहेको प्रवक्ता चौधरीले लोकान्तरलाई बताए ।
यसैबीच कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन लगाई तराई क्षेत्रस्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई ‘पेन डाउन’ गर्न लगाउने कार्यक्रम पनि मोर्चाले अँगालेको छ भने तराई क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन, मालबाहक साधनमा थरुहट/थारुवान प्रदेश अंकित स्टिकरण टाँस्ने/टाँस्न लगाउने र नटाँसेमा सो सवारी साधन सञ्चालनमा रोक कार्य गर्ने पनि जनाएको छ ।
मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ । संविधानमा रहेका असहमति र विरोध रहेका धारा र उपधारालाई तराईका जिल्लामा विभिन्न कार्यक्रम गरी जलाएर कालो दिन मनाउने रणनीति लिइएको हो । सो दिन मोर्चाले थरुहट युवा दस्ता समेत प्रदर्शन गर्ने प्रवक्ता चौधरीले उद्घोष गरे ।
मोर्चाले आफ्नो तेस्रो चरणको कार्यक्रम अन्तर्गत थारु बहुल क्षेत्रमा लाठी जुुलुुश, मसाल जुुलुुश प्रदर्शन गर्ने, सरकारलाई असहयोग आन्दोलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । यसैक्रममा सरकारलाई आफ्नो माग पूरा गराउन अल्टिमेटम दिई सो असहयोग आन्दोलन गर्ने कार्यदिशा तय गरेको मोर्चाले जनाएको छ ।
को हुन् मोर्चाका संयोजक लक्ष्मण थारु ?
सम्मेलनबाट गठित मोर्चाको संयोजकमा चुनिएका थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर बाहिर आएका व्यक्ति हुन् । उनीलगायत २७ जनाले आफूहरूमाथि झूटा मुद्दा लगाइएको भन्दै जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् भने सांसद रेशम चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
विक्रम संवत् २०३२ सालमा धनगढी उपमहानगरपालिका–१९ (साविक फूलवारी गाविस–१ फूलवारीमा जन्मेका थारु २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा उनी बिग्रेट कमिसार (राजनीतिक आयुक्त) र थारुवान मुक्ति मोर्चाका महासचिव रहेका थिए ।
विस्तृत शान्ति सम्झौतापछि विद्रोह गरी थरुहट तराई पार्टी नेपालको स्थापना गरेका उनी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । जेल बसाइकै क्रममा फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका थारु सम्पन्न आम निर्वाचनमा भने राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए ।
उनलाई टीकापुर घटनाको अभियोगमा २०७२ भदौ २३ गते भैरहवाबाट गिरफ्तार गरी कर्तव्य ज्यानलगायत मुद्दामा कारागार चलान गरिएको थियो ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...