शास्त्रीय संगीतमा आधारित सुशिल गर्तौलाको 'पहिलो यो माया' सार्वजनिक [भिडियो]

काठमाडौं- 'भ्वाइस अफ नेपाल'को पहिलो संस्करणबाट चर्चामा आएका सुशील गर्तौलाले आफ्नो पहिलो गीत ‘पहिलो यो माया’ सार्वजनिक गरेका छन् । 

शास्त्रीय संगीतका पारखी गर्तौलाको यो गीतलाई धनबहादुर गोपालीले लेखेका हुन् भने संगीत श्री केसीको रहेको छ । 


Advertisement

गीतको म्युजिक भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेलले अभिनय गरेका छन् । 

प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । 


Advertisement

गीतको भिडियोलाई सन्तोष राजबाकहले निकै कलात्मक ढंगबाट कोरियोग्राफी गरेका छन् ।  

उनको यो शास्त्रीय संगीतमा आधारित गीतलाई संगीतप्रेमीहरूले पराइरहेका छन् भने धेरैले राम्रो प्रतिक्रिया जनाइरहेका छन् । 

भिडियो हेर्नुहोस् : 

कमेन्ट गर्नुहोस्