कश्मीरमा भेटिए अक्षय कुमारका डुप्लिकेट

काठमाडौं – कश्मीरमा बस्ने माजिद मिर नामक व्यक्तिको अनुहार बलिउड सुपरस्टार अक्षय कुमारसँग मिल्छ । ट्विटरमा अहिले यसैको चर्चा चलेको छ । 

५१ वर्षीय अक्षय कुमार निकै जवान देखिन्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ माजिद मिर अक्षय कुमारको वृद्धावस्थाको रूप भएको बताएका छन् । 


Advertisement

एकजना प्रयोगकर्ताले माजिद नै अक्षयको जीवनीमा खेल्न उपयुक्त पात्र भएको लेखे । 

अक्षय कुमारको ताजा फिल्म मिसन मंगलले मंगलवारसम्म १६४.६१ करोड भारु कमाइसकेको छ र २०० करोड भारु कमाउने बाटोमा छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्