माघ २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
चौतारा-सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।
सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।
नेपाल सरकारले विसं २०६८ मा दोलखाको डाङडुङेमा ‘फिल्मसिटी’ बनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि निकासा हुँदै आएको बजेटबाट गुरुयोजनाअनुसार छ किमी कच्ची सडकसहित भौतिक पूर्वाधारको काम हुँदै आएको छ ।
शुरुमा दोलखा फिल्मसिटी नाम राखिएकामा हालैको निर्णयअनुसार त्यसलाई संशोधन गरी चलचित्र नगरी डाङडुङे नामाकरण गरिएको हो । बहुवर्षीय परियोजनाको रुपमा निर्माण गरिने उक्त नगरीका लागि चालू आर्थिक वर्षमा प्रदेश नं ३ सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।
राष्ट्रियस्तरको बृहत परियोजना भएकाले लगानी जुटाउने उद्देश्यले सांसदहरुको तर्फबाट पनि सहयोग जुटाउन आगामी आइतबार राजधानीमा दुवै जिल्लाका सांसदहरु सहभागी संयुक्त बैठक बोलाइएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
समुद्री सहतबाट झण्डै तीन हजार ३०० उचाइमा अवस्थित उक्त रमणीय स्थानबाट दोलखाको गौरीशङ्कर, सैलुङ, कालिञ्चोक तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलालगायत अधिकांश भू–भागको दृश्यावलोकन हुनेछ ।
कूल ७६ रोपनी क्षेत्रमा बन्ने सो नगरीमा अत्याधुनिक स्टुडियो सुविधासम्पन्न विभिन्न भवनहरु कार्यालय भवन, पानी पोखरी, पार्किङस्थल होटललगायत फिल्म सुटिङका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधा उपलब्ध हुनेछ ।
लामोसाँघु–जिरी सडकअन्तर्गत खरीढुङ्गा सडकमा पर्ने उक्त स्थान काठमाडौँबाट करीब १२० किलोमिटरको दूरीमा पर्दछ । चिसो हावापानी रहेको सो स्थान आसपास सेतो, रातो, पहँेलो, निलोसहित चार रङका लालीगुँरास फुल्ने हुँदा आकर्षित एवं रमणीयस्थलको रुपमा परिचित छ ।
नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्रलाई मानिए पनि तत्कालीन सूचना तथा प्रचार–प्रसार मन्त्रालयले विसं २०२२ मा आमा फिल्मको निर्माण गरी नेपाली फिल्मको शुरुआत गरेको थियो ।
नेपाली भाषाको विकासका लागि चार दशकअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापना भएको थियो । पछि चलचित्र विकास बोर्डमा रुपान्तरण भएपछि फिल्म सुटिङका लागि देशका विभिन्न स्थान तथा विदेशमा पनि पुग्नुपर्ने वर्तमान अवस्था छ । त्यसलाई दृष्टिगत गरी जिल्लावासी तथा कलाकारहरुको आग्रहलाई कदर गर्दै नेपाल सरकारले विसं २०६८ मा उक्त स्थानमा आधुनिक फिल्म नगरी निर्माण गर्ने निर्णय गरेको थियो ।
बहुवर्षीय परियोजनाको अवधारणामा निर्माण गरिने उक्त चलचित्र नगरीलाई भविष्यमा ‘पब्लिक पार्टनरसीप’ परियोजनामा परिणत हुने वरिष्ठ कलाकार श्रेष्ठले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...