×

NMB BANK
NIC ASIA

जनकपुरधाम –जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले चालू आर्थिक वर्ष २०७६/७७ को हालसम्म भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकल बरामद गरेर भन्सार कार्यालयमा बुझायो । विना महसुल नेपाल प्रवेश गरेको अवस्थामा बरामद गरेर ट्राफिकले आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो ।

Muktinath Bank

ट्राफिकले एउटा ग्ल्यामर र २ वटा बुलेट मोटरसाइकल गैरकानूनीरूपमा नेपाल प्रवेश गरेको अवस्थामा बरामद गरेको छ । भारतीय सवारीसाधन नेपाल प्रवेश गर्नुअघि भन्सार कार्यालयबाट अनुमति लिनुपर्छ । अनुमतिविना नेपालभित्र प्रवेश गरेको अवस्थामा बरामद भएका सवारीसाधन बरामद गरेर जफत गर्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक ऐन २०७६ ले भारतीय सवारीसाधनलाई नेपाल प्रवेश गर्ने मापदण्डलाई कडा बनाइएको छ । भारतसँग सीमा जोडिएका नेपाली बस्तीमा खुलेआम भारतीय सवारीसाधनको प्रयोग हुँदा राजस्व चुहावट भएपछि नयाँ ऐनबाट कडा प्रावधान लागू गरिएको छ ।


Advertisment
Nabil box
Kumari

जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वरकुमार मिश्रले भन्सार नतिरेरै नेपालमा वर्षौंवर्ष राखिएका भारतीय सवारीसाधन अब बिक्री गर्न थालिएको बताए । भारतीय आफन्तको नाममा सवारीसाधन किन्ने र नेपालमा निर्वाध चलाउने प्रचलन हटाउन कानूनलाई कडा बनाइएको छ । सीमावर्ती क्षेत्रमा उच्चपदस्थ नेतादेखि सर्वसाधारणसम्मले भारतीय नम्बर प्लेटका जीप, कार, मोटरसाइकल प्रयोग गर्ने गरेका थिए ।

Vianet communication
Laxmi Bank

आर्थिक ऐन अनुसार १ वर्षमा बढीमा ३० दिनसम्म मात्र भारतीय सवारीसाधनले भन्सार बुझाएर प्रज्ञापनपत्र लिएर नेपाल प्रवेश गर्न पाउने कानूनी व्यवस्था छ । विगतमा कागजी ढड्डाको रेकर्ड केलाउन गाह्रो हुने भएपनि हाल अनलाइन प्रणालीबाट सवारीसाधनको नेपाल प्रवेश ३० दिन नाघेकोबारे थाहा हुने भन्सार कार्यालयका प्रमुख मिश्रले बताए । 

‘कुन सवारीसाधनको नाममा वर्षमा कतिपटक प्रज्ञापन काटियो भन्ने अभिलेख नै नरहेका कारण विगतमा कारवाही गर्न समस्या हुन्थ्यो,’ भन्सार प्रमुख मिश्रले भने, ‘तर अब भन्सारको प्रज्ञापन पत्र अनलाइन अभिलेखमा राख्ने प्रणाली जडान भएपछि कुन सवारीसाधन कति पटक नेपाल भित्रियो भन्ने सजिलै देखिने भएकाले भारतीय सवारीसाधनको मनपरी नियन्त्रण भएको छ ।’

यसअघि २०६८ सालदेखि अनुमतिविना नेपाल आउने सवारीसाधनलाई २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरिएको थियो तर हाल अनुमतिविना चलिरहेको भारतीय सवारीसाधन बरामद भएमा जवाफ गरिने प्रावधान लागू भएको छ । 

के छ नयाँ कानूनमा ?

आर्थिक ऐन २०७६ को प्रावधान अनुसार कुनै विदेशी यात्रुले सवारी साधनसहित नेपाल प्रवेश गर्दा महसुल बुझाउन छूट भएको र निजले कुनै भन्सार कार्यालयमा स्वयं उपस्थित भई महसुल बुझाउन निवेदन दिएमा भन्सार अधिकृतले जाँचबुझ गरी मनासिव देखिएमा २५ हजार रुपैयाँ जरिवाना र लाग्ने महसुल लिई त्यस्ता सवारीसाधन विदेश फिर्ता लैजान दिन सक्ने छ तर त्यस्तो सवारीसाधन नेपाल प्रवेश गरेको ७ दिन पूरा नभएको हुनुपर्नेछ ।

नेपाल प्रवेश गरेको ७ दिन पूरा भएको वा कुनै व्यक्ति वा निकायबाट बरामद गरी भन्सार कार्यालयमा मुद्दाको रुपमा पेश भएको अवस्थामा सवारीसाधन जफत नै हुने प्रावधान छ ।

विशेष अवस्थामा भारतीय गाडीलाई लगातार ६ महिना वा वर्ष दिनसम्म पनि राख्न सकिन्छ तर त्यसका लागि भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत स्वीकृति लिएर नेपालको परराष्ट्र मन्त्रालयमार्फत आएको हुनुपर्छ ।

कूटनीतिक प्रयोजनका गाडी, कुनै आयोजनाको लागि, विशेष कार्यको लागि सिफारिससहित आए विना भन्सार महसुलकै पनि  बढीमा ३ महिनासम्म र दोस्रो पटक थप ३ महिना गरी ६ महिनासम्म भारतीय गाडीले नेपालमा प्रवेश पाउन सक्छन् ।

भारतीय पेट्रोल तथा ग्यास सिलिन्डरका बुलेट ट्यांकरका लागि ७२ घण्टासम्म नेपाल प्रवेश निःशुल्क नै दिएको छ । गाडी बिग्रेको हकमा म्याद थप्न सकिने व्यवस्था रहेको छ ।

भारतीय गाडीलाई अस्थायी ‘सुविधा’ पास

नेपाल सरकारले भारतीय सवारीसाधनको नेपाल प्रवेशका लागि अस्थायी सुविधा पास समेत दिने गरेको छ । प्रवेश गरेको दिन नै भारतीय सीमाको नजिकको बजारबाट फिर्ता हुने गरी सुविधा दिने गरिएको छ । त्यसका लागि सवारीधनीले कुनै शुल्क पनि बुझाउनुपर्दैन ।

धनुषामा लग्मा छोटी भन्सार कार्यालय जटहीबाट अस्थायी सुविधा पास दिने गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा जटही नाकाबाट १ लाख २५ हजार सुविधा पास वितरण गरिएको जनकपुर भन्सार कार्यालयका प्रमुख मिश्रले बताए । उनका अनुसार धेरैजसो दिनदिनै उही सवारीसाधन दोहोरिने गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा जनकपुर भन्सार कार्यालयबाट १९ हजार ३ सय ६८ वटा प्रज्ञापनपत्र दिइएको प्रमुख मिश्रले बताए । जसबाट १ करोड ५६ लाख २५ हजार २ सय ६७ रुपैयाँ राजस्व संकलन भएको थियो । धनुषाकै जटही नाकाबाट समेत २० हजार २ सय ९७ वटा प्रज्ञापनपत्र दिइएको थियो । जसबाट १ करोड ७३ लाख ४५ हजार ६ सय १३ रुपैयाँ राजस्व संकलन भएको थियो ।

धनुषामा २ वटा नाकामार्फत मात्र भन्सार महसुलका लागि प्रज्ञापनपत्र दिने गरिएको छ, एउटा जनकपुरको भन्सार कार्यालय र दोस्रो जटहीस्थित लग्मा छोटी भन्सार कार्यालयबाट ।

नेपाली गाडीलाई भारत प्रवेशमा झनै समस्या 

सामान्यतया भारतीय सीमा नाकको नजिकैसम्म जान नेपाली सवारीसाधनलाई भारत प्रवेशमा समस्या हुँदैन । सीमा नाकाको नजिकको पेट्रोल पम्प, रेल्वे स्टेसन वा बसपार्कसम्म मात्र विना भन्सार महसुल भारतमा जान सकिन्छ तर अलि टाढासम्म नै जानुपरेमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास वा काठमाडौंस्थित भारतीय दूतावासबाट अनुमति लिएर मात्र जानुपर्ने प्रावधान छ ।

भारतीय निकायमा शुल्क बुझाएर मात्र अनुमति पाउने गरिएको छ । अनुमति नै नलिएर भारतमा नेपाली सवारीसाधन पुग्दा रोड ट्याक्स अफिसर (आरटीओ) ले पक्राउ गरेर नेपाली सवारीसाधन जफत नै हुने गरेको छ ।

भारतीय सवारी लिलाम 

जनकपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा ३ सय २५ वटा भारतीय सवारीसाधन जफत गरेर लिलाम गरेको छ । अवैध रुपमा मालसामान चोरीपैठारी, निकासी गर्न प्रयोग गरिएका भारतीय सवारीसाधनलाई बरामद गरी जफत गरिएको हो । पीकअप भ्यान, ट्रयाक्टर, मोटरसाइकल जफत गरिएकोमा २ सय सवारीसाधन लिलाम गरेर ५ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरिएको भन्सार प्रमुख मिश्रले बताए ।

बाँकी सवारीसाधन पनि लिलामको प्रक्रियामा रहेका छन् । ६० वटा नेपाली सवारीसाधन समेत जफत गरी लिलामको प्रक्रियामा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x