साउन १५, २०७९
१९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु । युट्युवमा ओशोको प्रवचन सुनेर गुम्बाको लामा जस्...
संघीयताको मूल मन्त्र विकेन्द्रीकरण हो तर दुर्भाग्यपूर्ण ढंगले नेपालभित्र यस विषयले गाम्भीर्यता र आकर्षण पाएको देखिँदैन । देशभित्र संघीय संरचना स्थापित गराउन प्रदेश नम्बर २ को महत्त्वपूर्ण भूमिकामा छ । पहिचान र अस्तित्वको लडाईंले प्रदेशभित्र एक नयाँ रूप लिने पूर्व संकेतहरू देखिन थालेका छन् ।
एकातर्फ संघीयता बचाउन र यसको सफलतासँगै भविष्य सुनिश्चित गर्न प्रदेश नम्बर २ को भूमिकाको महत्त्व धेरै छ भने अर्कातर्फ राजनीतिक दलहरूले यस जगलाई बलियो बनाउन विकासलाई प्राथमिकता दिनुपर्ने बेला पहिचान र अधिकारको लडाईंतर्फ आम सर्वसाधारणलाई धकेलेको देख्दा राजनीतिक संकट आउने सम्भावना प्रबल हुँदै गएको छ ।
प्रदेशभित्र नामाङ्कन र राजधानीको विषयले यस सन्दर्भलाई सम्वेदनशील बनाउँदै गएको देखिन थालेको छ । हालै प्रदेशको स्थायी राजधानी जनकपुरधाममा प्रदेशको नाम के राख्ने भन्नेबारे प्रदेश सभाभित्र विभिन्न राजनीतिक दलहरूले आफ्नो छुट्टाछुट्टै मत राख्न पुगे । नामाङ्कनको विषयले विवाद स्थापित गरेर प्रदेशभित्र एक नयाँ राजनीतिक तरंग सिर्जना गर्यो ।
प्रदेशको नामाङ्कनले मुख्यतया केही गम्भीर प्रश्नहरूको उत्तर खोजेको देखिन्छ र यसले राजनीतिक चरित्र र धरातलबारे पनि स्पष्ट पारेको छ । नेपाल विश्वभरिका मूलकमध्ये भौगोलिक र समाजिकरूपमा विविध रहेको हुँदा यहाँ विभिन्न सभ्यताहरूको आफ्नै पहिचान र इतिहास सहजै देख्न सकिन्छ । आज प्रदेश नम्बर २ भित्र नामाङ्कनको विषयले यसै विषयलाई कमजोर र निरर्थक बनाएको देखिन थालेको छ ।
इतिहास साक्षी छ, तराई को उर्वर भू-भाग माता सीताको भूमिका रूपमा विश्वविख्यात् रहेको छ भने हाम्रो सभ्यताले मिथिला र मैथिलको अनेकौं गौरव गाथाबारे चित्रण गर्छ । आज प्रदेश नामाङ्कनको विषय यिनै गौरवशाली विषय वस्तुलाई पछि छाडेर हिँडेको देखिँदैछ ।
राजनीतिक शक्ति परिवर्तनकारी र गतिशील हुन नसक्दा तराईवासीको पहिचान धमिलो भएर मधेश शब्दमा सीमित भएको छ । मधेश र मधेशी शब्द लादिएको एक राजनीतिक प्रहार हो भन्ने कुरा बुझ्न नसकेका आम सर्वसाधारणमा राजनीतिक दलले राज्य सत्तासम्म पुग्न यस मधेश शब्दलाई पहिचान दिने खेल अघि सारेको देखिन्छ ।
राजनीतिक संयत्रको राष्ट्र र राज्य विकसित बनाउन विकास सँगसँगै सभ्यता र पहिचानलाई संरक्षण गर्ने पहिलो जिम्मेवारी हुन्छ तर दुर्भाग्यपूर्ण ढंगले प्रदेश नम्बर २ का नेताहरू यस विषयमा सत्ताकेन्द्रित भए र यसले हाम्रो पहिचान एवं सभ्यतालाई नै धमिलो बनाउने काम गर्यो ।
प्रदेशको पहिचान मधेश र मधेशीसम्म मात्रै सीमित पार्ने खेलमा प्रथम स्थानमा बसेका मधेशकेन्द्रित दलहरूले यस माध्यमबाट राजनीतिक फाइदा लिन खोजेका छन् भने अन्य राजनीतिक दलमा सभ्यताप्रतिको प्रेम कम झल्किन्छ र राजनीतिक प्रतिद्वन्द्वीको विरोध गर्नैपर्ने बाध्यता बढी । प्रदेशको नाम र राजधानीको विषयले आज राजनीतिक दलहरू बाहेक कुनै औचित्यलाई समर्थन गरेको देखिन्न ।
देशभित्र तथा बाहिरबाट सञ्चालित विभिन्न गैरसरकारी संस्थाले यस विषयलाई थप कमजोर बनाएका छन् । पश्चिमा शक्तिकेन्द्रहरू नेपालको पहिचान र राजनीति कमजोर पार्ने खेलमा गैरसरकारी संस्थाहरूको माध्यमबाट लागि परेका छन् । प्रदेश नम्बर दुईभित्र यिनै पश्चिमा शक्तिशाली मुलुकका धेरै राजनीतिक दलालहरू सक्रिय भएर बसेका छन् जसको उद्देश्य नै हाम्रो सभ्यतामाथि निरन्तर प्रहार गरिरहने छ ।
यसरी कमजोर पारिएको हाम्रो पहिचानलाई ध्वस्त बनाउने अन्तिम स्वरूप नै हो मधेश शब्दको वास्तविक रूप ।
मधेश शब्दको उत्पति कहिले भयो र यो शब्दको प्रयोग पहिलोपटक कसले गर्यो भन्ने कुरामा हामी अझै स्पष्ट छैनौं । २०६२/६३ को आनदोलनले मधेशको प्रसङ्गलाई राजनीतिक औचित्य दिए पनि यसको प्रयोग भने पहाडतिर तराई भेगका श्रमजीवीलाई अङ्कित गरेर निकै पहिलेदेखि भएको बुझिन्छ । यो शब्दले यसैकारण न त हाम्रो पहिचानलाई नै दर्शाउँछ, न त हाम्रो सभ्यतालाई नै ।
प्रदेश नम्बर २ को आफ्नै वास्तविक पहिचान र मौलिकता छ, तर आज केही वर्गको राजनीतिक स्वार्थले हाम्रो वास्तविक पहिचान हराएको देखिन्छ । मिथिला, अवध, भोजपूरा लगायत सभ्यताको आफ्नै गरिमामय इतिहास, पहिचान, कला-संस्कृति, रंग, रूप र परिवेश हुँदाहुँदै आज हामीलाई मधेशी भनेर मात्रै चिनाउने प्रयास हुँदैछ । प्रदेश सरकारको कमजोर नेतृत्वले यस विषयलाई थप प्रचार–प्रसार गरेर हाम्रो पहिचान सिध्याउने निकै ठूलो षड्यन्त्र हुँदैछ ।
आज प्रदेशभित्र सत्तारुढ दलहरूको क्रियाकलाप हेर्दा पहिचानको नाममा राजनीतिक व्यापार भइरहेको स्पष्ट देखिन थालेको छ । मधेशवादी शीर्ष राजनीतिक नेताहरू जनतालाई दिग्भ्रमित गर्न सिपालु रहेको अनेकौं प्रमाण छन् जसमध्ये समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव केन्द्रीय सरकारको उप-प्रधानमन्त्री पनि छन् । मौसमझैँ परिवर्तन हुने नेता उपेन्द्र यादवको चरित्र प्रदेशको पहिचान र नामबारे स्पष्ट रहेको छ ।
प्रदेशभित्र जातीय राजनीतिका माहिर खेलाडी मानिने उपेन्द्रले मधेशको जल्दोबल्दो मुद्दा कहिले सम्बोधन गर्न सकेका छैनन् । मधेश शब्दले नै आफ्नो राजनीतिक पसल चलाएका उनी प्रदेशको पहिचान मधेश नामाङ्कनले धमिलो बनाउन लागि परेका छन् । यता मधेशको राजनीतिमा सक्रिय राजपा नेपालका शीर्ष नेताहरू पनि यस विषयमा उपेन्द्र यादवसँग एक मत राख्छन् ।
सर्वसाधारणमा मधेशको नामले लोकप्रियता समेत कमाएका यी राजनीतिक दलहरू जनता झुक्याउन सफल रहेपनि भित्री राजनीति प्रदेशभित्र अझै जातीय विभाजनमै सीमित छ ।
प्रदेशको गौरवशाली सभ्यता सिध्याउन छिमेकी मुलुक भारतले पनि राजनीतिक दलहरूलाई विभिन्न किसिमका प्रलोभन र सुविधा दिँदै आएको छ ।
भारतको यस विषयमा मधेशवादी शक्तिलाई समर्थन गर्ने दुई महत्त्वपूर्ण कारण देखिन्छ ।
एकातिर मधेशभित्र आफ्नो समर्थक उभ्याएर राष्ट्रिय राजनीतिमा बार्गेन गर्ने र अर्कोतर्फ मिथिला लगायतका सम्पूर्ण ऐतिहासिक सभ्यताहरू आफ्नै रहेको दाबी गर्ने भारतको मुख्य योजना रहेको बुझिन्छ । प्रदेशको मौलिकता र सभ्यता जोगाउने हो भने आउने दिनमा प्रदेशभित्र एक सकारात्मक बहस चलाउनु आवश्यक देखिन्छ ।
राजनीतिक निकास सहज नरहेकाले नागरिक समाज र वौद्धिक वर्गले गौरवशाली इतिहासको रक्षा गर्न बौद्धिक बहसको शुरूवात गर्नुपर्ने हुन्छ ।
१९ औं शताब्दीमा भारतमा जन्मिएका महान दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व श्री चन्द्र मोहन जैन अर्थात ओशोप्रति हार्दिक नमन प्रकट गर्दै आजको स्तम्भ तयार गरेको छु । युट्युवमा ओशोको प्रवचन सुनेर गुम्बाको लामा जस्...
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...
लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...
लामो समयसम्म विवादमा रहेको राज्य व्यवस्था समितिमा अल्पमत/बहुमतको आधारमा निर्णय भएको तर सरकारले सदनमा लान नसकेको नागरिकता सम्बन्धी विधेयक अन्ततः दुवै सदनले पास गरेको छ तर यसमा शुरूदेखि परिवर्तन गर्न नसकिएको वै...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...