पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भदौ १६, २०७६
काठमाडौं – विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि आवश्यक अध्ययन गर्न गठित सरकारी समितिले सवारी चार्जिङ गरेको मूल्य विद्युत् महसुलको आधारमा तोक्ने गरी सिफारिस गरेको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनद्वारा गत फागुन १३ गते गठित समितिले विद्युत् महसुलको आधारमा मूल्य निर्धारण गर्ने सुझाव सिफारिस गरेको हो ।
मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा गठित समितिले चार्जिङ शुल्क विद्युत् महसुलसहित १५ देखि २० प्रतिशत सेवा शुल्क लिन सिफारिस गरेको हो । विद्युतीय सवारीसाधन चार्जिङ गर्दा विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने विद्युत् महसुलमा १५ देखि २० प्रतिशत सेवा शुल्क लिने गरी चार्जिङ शुल्क तोक्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार चार्जिङ सेवा उपलब्ध गराउने संगठन वा व्यक्तिले चार्जिङ स्टेसनको किसिम अनुसार शुल्क लिनुपर्ने छ । जसअनुसार ‘एसी स्लो चार्जिङ’बाट चार्ज गर्दा प्राधिकरणलाई तिर्नुपर्ने महसुल र थप १५ प्रतिशत रकम सेवा शुल्क लिने गरी शुल्क निर्धारण गर्न समितिले सिफारिस गरेको छ ।
‘एसी तथा डिसी हाइ स्पीड चार्जिङ’ गरेबापत विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल र थप २० प्रतिशत सेवा शुल्क लिने गरी मापदण्ड तोक्न सिफारिस गरिएको छ । प्रतिवेदनले सिफारिस गरेको आधारमा ‘सवारीसाधन चार्जिङ कार्यविधि’ बनाएर चार्जिङ शुल्क लगायतका मापदण्ड नेपाल विद्युत् प्राधिकरणले तोक्ने छ ।
बुधवार मन्त्री पुनलाई हस्तान्तरण गरिएको प्रतिवेदनमा विद्युतीय सवारीसाधन चार्जिङका लागि बनाइने चार्जिङ स्टेसनको गुणस्तर र मापदण्ड पनि प्राधिकरणले निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ । निर्धारित मापदण्ड अनुसार नै चार्जिङ स्टेसन स्थापना गर्नुपर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चार्जिङ स्टेसन स्थापना गर्दा प्राधिकरणले तोकेअनुसार सुरक्षा मापदण्ड पनि अपनाउनुपर्ने र त्यसको दायित्व सम्बन्धित सेवा प्रदायकको हुने प्रतिवेदनमा उल्लेख छ । कुनै सेवा प्रदायकले चार्जिङ स्टेसन बनाइसकेपछि विद्युत् प्राधिकरणले जाँच गर्नुपर्ने र सन्तोषजनक पाइएमा प्रमाणपत्र दिनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार चार्जिङ स्टेसनको अनुमगन तथा नियमन विद्युत् प्राधिकरणबाट गरिने छ । चार्जिङ स्टेसन निर्माणका लागि जग्गा, बाटो लगायतका आवश्यक सबै पूर्वाधारको व्यवस्था चार्जिङ स्टेसन सञ्चालक आफैंले गर्नुपर्ने छ ।
अध्ययनका लागि बनेको अर्याल संयोकत्वको समितिमा मन्त्रालयकै सहसचिव तोयनाथ अधिकारी, मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर राजु महर्जन, विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव र नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने सदस्य थिए ।
पेट्रोलियम विस्थापन हुने
चालू आर्थिक वर्षभित्रै देशमा १ हजारदेखि १३ सय मेगावाट विद्युत् थप भइरहेकाले विद्युत्को खपत गरी पेट्रोलियम पदार्थ विस्थापन गर्ने सरकारी लक्ष्य छ । हाल करीब ११ सय मेगावाट क्षमतामा उत्पादन भइरहेको विद्युत्मा चालू आर्थिक वर्षभित्रै १ हजारदेखि १३ सय मेगावाट विद्युत् थपेर पेट्रोलियम पदार्थको विस्थापन गरी मुलुकको वैदेशिक व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उर्जा जल स्रोत तथा सिचाई मन्त्रालयका सहसचिव प्रविण अर्यालले जानकारी दिए ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनजस्तो मर्मत खर्च, मोबिल खर्च लगायतका खर्च विद्युतीय सवारीसाधनमा नहुने भएकाले व्यक्तिलाई समेत फाइदा पुग्ने अर्यालले बताए । सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने उद्देश्यले सवारी दस्तुर एवं भन्सार करमा छूट दिएको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको तुलनामा प्रदूषण समेत कम हुने भएकाले सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्य र नीति तथा कार्यक्रममा नै विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ ।
बजेट वक्तव्य र नीति तथा कार्यक्रममा वायू प्रदूषण कम गर्न निजी क्षेत्रको सहभागितामा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ । सवारीसाधनको प्रवद्र्धन तथा प्रोत्साहनमा निजी क्षेत्र पनि उत्साहित देखिएको छ । आइतवार सम्पन्न १४ औं नाडा अटो शोमा देखिएको विद्युतीय सवारीको सहभागिताले विद्युतीय सवारी प्रवद्र्धनमा निजी क्षेत्र उत्साहित देखिएको मन्त्रालयका सहसचिव अर्यालले बताए ।
दीगो सवारीसाधनको आधिकारिक बिक्रेता दीगो सस्टेनिबलिटी इन्नोभेसनले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउने उदेश्यले कुरिनटारमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्न लागेको छ । दीगोका व्यापार प्रमुख नवराज पौडेलले सरकारी नीति विद्युतीय सवारीलाई सहयोग पुर्याउने उद्देश्यले कुरिनटारमा विद्युतीय चार्जिङ स्टेसन निर्माणका लागि प्रक्रिया अघि बढेको जानकारी दिए ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारी फाइदाजनक रहेको र सरकारले समेत विद्युतीय सवारीलाई प्राथमिकता दिएकाले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्न लागिएको पौडेलेले बताए ।
सुन्दर यातायातको चार्जिङ स्टेसन उद्घाटन हुँदै
सुन्दर यातायात प्रालिले काठमाडौंमा निर्माण गरेको चार्जिङ स्टेसन मंगलवार उद्घाटन गरिने भएको छ । सुन्दर यातायात प्रालिले चाबहिलको भत्केपुलमा निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसन उद्घाटनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका अधिकारीलाई पत्राचार गरिएको छ । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले हस्ताक्षर गरी मन्त्रालयमा पठाएको पत्रमा प्रमुख अतिथि मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे रहने भएकाले उपस्थितिका लागि अनुरोध गरिएको छ ।
मन्त्रालयका सहसचिव अर्यालले सुन्दर यातायातले निर्माण गरेको चार्जिङ पोइन्ट निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको बताए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले आफूले सञ्चालनमा ल्याउन लागेको चार्जिङ स्टेसन होम चार्जिङको लागि भएको र त्यसको लागि स्वीकृति लिनु नपर्ने बताए । सुन्दर यातायात प्रालिसँग विद्युतीय सवारीसाधन छन् ।
सुन्दर यातायात प्रालिले विद्युतीय सवारी आयात गरिरहेको र केही दिनभित्रै विद्युतीय सवारी सार्वजनिक यातायातको रुपमा सञ्चालन गर्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
हाल काठमाडौं उपत्यकामा राष्ट्रिय योजना आयोग, नेपाल विद्युत् प्राधिकरण, मन्त्री हेडक्वार्टरसहित विभिन्न ठाउँमा विद्युतीय सवारी चार्जिङ पोइन्ट रहेका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अर्यालले जानकारी दिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...