माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
काठमाडौं – एकताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) ले लामो समयसम्म शृंखलावद्ध छलफल चलाइरहेका छन् ।
एकातर्फ अध्यक्षमण्डलमै ६ जना नेता रहेको राजपामा सपासँग एकीकरण गर्ने विषयमा मत बाँझिएको छ भने अर्कोतर्फ एकीकरणपछि आफ्नो राजनीतिक भविष्य दाउमा पर्नसक्ने चिन्ता नेताहरूलाई परेको छ ।
राजपामा महाधिवेशनअघि एकता गर्नुपर्ने र महाधिवेशन कुर्नुपर्ने २ धार देखिएको एक नेताले लोकान्तरलाई बताए ।
उनका अनुसार ६ सदस्यीय अध्यक्षमण्डलमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो र महेन्द्रराय यादव सहमति भए तत्काल एकता गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् भने हालका संयोजक राजकिशोर यादव र अनिल झा भने महाधिवेशनपछि एकता गर्नुपर्ने पक्षमा रहेका छन् ।
भर्खरै नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको सपामा भने एकीकरणका विषयलाई लिएर त्यति विवाद नरहेको देखिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कमजोर देखिएको र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को लोकप्रियता सरकार सञ्चालनका क्रममा खस्किरहेका बेला खाली रहेको राजनीतिक स्थान ओगट्ने लक्ष्यका साथ फरक पृष्ठभूमि र संरचना भएका यी २ पार्टी एक हुने हल्ला चलेको वर्षदिनभन्दा बढी भइसक्यो ।
भदौ १२ गते राजधानीस्थित सपाको केन्द्रीय कार्यालयमा बसेको दुवै पार्टीका प्रतिनिधिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर मानार्थ अध्यक्ष रहने गरी एकताको प्रस्ताव पेश गरे ।
ठाकुरपछि डा. बाबुराम भट्टराई पहिलो नम्बरको अध्यक्ष रहने र आफू त्यसपछिको अध्यक्ष रहने गरेर यादवले गरेको प्रस्तावमाथि राजपाले कुनै छलफल गर्न नचाहेको स्रोतले बतायो ।
‘उहाँले पेश गर्नुभएको प्रस्ताव बिल्कुलै अनौपचारिक हो,’ सपाका एक नेताले लोकान्तरसँग भने, ‘अनौपचारिक कुराकानीका क्रममा यसो पनि हुन सक्छ है भनेर प्रस्तुत गर्नुभएको थियो तर त्यही नै हाम्रो प्रस्ताव भएजसरी कुरा बाहिर आयो ।’ आफ्नो तर्फबाट प्रस्ताव गएको विषयमा सपाका नेता रामसहाय प्रसाद यादवले आफू पनि अनविज्ञ रहेको बताउँछन् ।
सपाका नेता गंगानारायण श्रेष्ठले ठोस प्रस्ताव हालसम्म दुवै तर्फबाट नआएको बताए । ‘छलफलका क्रममा विकल्पका विषयमा छलफल हुनु सामान्य हो,’ उनले भने, ‘यही २२ गते सपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ, सम्भवतः हामीले त्यतिबेला ठोस प्रस्ताव ल्याउन सक्छौं । त्यतिबेलै राजपाले पनि आफ्नो प्रस्ताव ल्याउने सम्भावना छ । त्यसपछि हामी औपचारिक रूपमा दुवै प्रस्तावमाथि छलफल गर्नेछौं ।’
यस विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूलाई केही जानकारी नभएको बताए । ‘उताबाट औपचारिक रूपमा केही प्रस्ताव आएको छैन,’ यादवले लोकान्तरसँग भने, ‘प्रस्ताव त एकातिरबाट मात्र आउने होइन नि, हाम्रो पनि प्रस्ताव हुन्छ । अनौपचारिक रूपमा छलफल भएको विषयमा मेरो कुनै टिप्पणी छैन ।’
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...