पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
जनकपुरधाम – २ नम्बर प्रदेशको प्रदेश लोक सेवा आयोगमा अध्यक्ष तथा सदस्यमा दलीय भागबण्डाका आधारमा सिफारिस गर्ने भद्र सहमति भएको खुलासा भएको छ ।
प्रदेशको सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेकपाबीच भागबण्डामा लोक सेवाका पदाधिकारी नियुक्त गर्ने सहमति भएको हो ।
प्रदेश लोक सेवा आयोगका पदाधिकारी सिफारिस समितिमा सत्तापक्षसहित प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहने गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलले आयोगमा हुने सिफारिसमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भागबण्डाको आधारमा सिफारिस र नियुक्ति गर्ने भद्र सहमति भएको बताए ।
संवैधानिक निकाय तथा अंगमा दलीय भागबण्डाका आधारमा सिफारिस गर्ने संघीय सरकारको रोग प्रदेशमा पनि सरेको छ । काठमाडौंको रोग जनकपुरधाममा सर्दा प्रदेश सरकारले भागबण्डाकै आधारमा आयोगमा सिफारिस गर्न थालेको छ । विगतमा प्रदेश नीति आयोगमा सत्तापक्षले आ–आफ्ना राजनीतिक दलका मान्छेलाई मात्र सिफारिस गरेको थियो ।
गत भदौ ४ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश लोक सेवा आयोगको ऐन प्रमाणीकरण गरेका थिए । ऐन प्रमाणीकरण गरेको भोलिपल्ट नै भदौ ५ गते मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा गठित पदाधिकारी सिफारिस समितिले आयोगको अध्यक्षमा सिराहाका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादवलाई अध्यक्षमा सिफारिस गर्यो ।
नेकपा संसदीय दलका नेता मण्डलका अनुसार सहमतिको आधारमा अध्यक्षमा यादवलाई समाजवादी पार्टी नेपालको तर्फबाट सिफारिस गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव कोमलबहादुर खत्रीले अध्यक्षका लागि हुनुपर्ने योग्यताकै आधारमा सिफारिस समितिको बैठक बसेर यादवलाई सिफारिस गरिएको बताए ।
सिफारिसमै दलीय भागबण्डा
आयोगको पदाधिकारी सिफारिस गर्नका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशका सभामुख र विपक्षी दलका नेतासहित ३ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । प्रदेशको प्रमुख सचिवलाई सदस्य सचिव राखिएको छ । नेकपाका संसदीय दलका नेता तथा सिफारिस समितिका सदस्य सत्यनारायण मण्डलले सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले अध्यक्षको सिफारिस गरेको बताए । ‘बाँकी २ जना सदस्यको लागि एउटा सत्ता पक्षधर राजपा नेपाल र अर्को सदस्य हाम्रो पार्टी नेकपाले सिफारिस गर्ने गरी सहमति भएको छ,’ मण्डलले भने, ‘छिट्टै ती सदस्यहरू पनि हामीले सिफारिस गर्नेछौं ।’
राजपा स्रोतका अनुसार पार्टीले आयोगको सदस्यमा जनकपुर निवासी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक महारुद्र झालाई सिफारिस गर्ने लगभग सहमति जुटाइसकेको छ । झा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँछन् । उनी समाजशास्त्रका उपप्राध्यापक हुन् ।
कांग्रेसको आपत्ति
प्रदेशमा प्रतिपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसले दलीय भागबण्डाको आधारमा भइरहेको आयोगको पदाधिकारी सिफारिसलाई विरोध गरेको छैन । बरु आफ्नो पार्टीलाई पनि भागबण्डा दिनुपर्ने माग अघि सारेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रतिपक्षी दलको हिस्सामा आउने भागमा १ पटक नेकपालाई र अर्को पटक कांग्रेसलाई दिनुपर्ने बताए । ‘आउँदो दिनमा प्रतिपक्षी दलको भागमा आउने कोटा कांग्रेसलाई नदिए सदनमै आवाज उठाएर सरकारको विरोध गर्नेछौं ।’
सरकारले प्रतिपक्षी दललाई विश्वासमा लिएर नगए प्रदेशको समृद्धि हुन नसक्ने भएकाले सबै भागबण्डामा कांग्रेसलाई समाहित गरिनुपर्ने उनको माग छ ।
प्रदेश लोक सेवा आयोगका पदाधिकारीको योग्यता
प्रदेश लोक सेवा आयोगको ऐनमा आयोगमा अध्यक्ष र बढीमा २ जना सदस्य रहने प्रावधान राखिएको छ । आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्दा महिलासहित समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने उल्लेख छ । आयोगका सदस्यमध्ये २ जना सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्य विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्त्वपूर्ण कार्य गरी ख्याती प्राप्त गरेका व्यक्तिमध्येबाट नियुक्त गरिनुपर्ने प्रावधान छ ।
अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखतमा कुनै राजनीतिक दलको सदस्य नरहेको, अध्यक्षको हकमा ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, नेपाली नागरिक हुनुपर्ने उल्लेख छ ।
आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तथा पारिश्रमिक प्रदेशको प्रदेश प्रमुख सचिवले पाउने सरह हुने प्रावधान रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव खत्रीले बताए ।
को हुन् अध्यक्षमा सिफारिस भएका व्यक्ति ?
प्रदेश लोक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका ६० वर्षीय सुरेन्द्रप्रसाद यादव त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विषयका सहप्राध्यापक हुन् । सिरहाको औरही गाउँपालिका–५ स्थायी घर भएका यादव सिरहामै त्रिभुवन विश्वविद्यालयको आंगिक क्यापम्समा पढाउँदै आएका छन् । यादवले एसएलसीदेखि स्नातकोत्तरसम्मको पढाइ भारतको बिहारबाट गरेका छन् ।
२०४७ माघ २ गते सहायक प्राध्यापकको रुपमा नियुक्ति पाएका यादव २०५४ असोज १० गते उपप्राध्यापक भएका थिए । २०७२ चैत्र १४ गतेदेखि उनी सहप्राध्यापक छन् ।
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...