×

NMB BANK
NIC ASIA

सिक्का पैसा लिन मान्दैनन् बैंकहरु

भदौ १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भजनी– बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।

Muktinath Bank

नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् । ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २/४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । पुरानो चल्तीमा १, २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै । 


Advertisment
Nabil box
Kumari

एक व्यापारी ईश्वरीप्रसाद ज्ञवालीले आफूसँग छ/सात हजार सिक्का पैसा रहे पनि बैंकहरुले साट्न नमानेपछि त्यसै राख्नु परेको बाध्यता सुनाए । “ग्राहकले एक/दुई रुपैयाँ सिक्का पैसा दिन्छन्, नलिउँ भन्नु पनि भएन”, ज्ञवालीले भने, “एक/दुई रुपैयाँ थुपार्दाथुपार्दै अहिले छ/सात हजार सिक्का पैसा छ । त्यो पैसा न त बैंकले लिन्छ न त ग्राहकले लिन मान्छन् ।”

Vianet communication
Laxmi Bank

कैलालीको टीकापुर क्षेत्रका लागि नेपाल राष्ट्र बैंकसंँग नोट कोषको कारोबार गर्दै आएको नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक हरिहरप्रसाद भण्डारीले नेपाल राष्ट्र बैंकको सिक्का पैसा लिने नीतिगत व्यवस्था नभएका कारण आफूहरुले सिक्का पैसा ग्राहकलाई दिने गरेको भए पनि ग्राहकको सिक्का पैसा लिने नगरेको बताए। “नेपाल रास्ट्र बैंकले सिक्का पैसा दिने गरेको छ । तर, फिर्ता लिने गरेको चाहिँ छैन”, प्रबन्धक भण्डारीले भने, “सिक्का पैसा प्रयोग हुँदै जाँदा त्यसको चमक हराउँदै जान्छ र त्यसको चमक हराएपछि सिक्का पैसाको अस्तित्व नै रहँदैन । पूजा पाठमा प्रयोगका लागि ग्राहकले लिन्छन् । नेपाल राष्ट्र बैंकले नलिने भएकै कारण हामीले पनि साट्न छोडेका हौँ ।”

स्थानीय व्यापारी नन्दसिंह विश्वकर्माले ग्राहकबाटै लिएको सिक्का पैसा सङ्कलन गर्दा चार/पाँच हजार रहेको बताउँदै बैंकहरुले नलिने भएपछि त्यो पैसा के गर्ने भन्नेमै अन्योलमा भएको बताए। “मसँंग चार/पाँच हजार सिक्का पैसा छ, दुई रुपैयाँको सलाई किन्दा सिक्का नै दिन्छन्, पाँच रुपैया दिँदा तीन रुपैयाँ सिक्का नै दिनुपर्छ तर बैंकले त्यही सिक्का चलाउँदैनन्”, व्यापारी विश्वकर्माले भने, “बैंकले सिक्का पैसा साट्दैन भने ग्राहकबाट हामीले कसरी लिने ? लिएर पनि के गर्ने ? नचल्ने हो भने बन्द गर्नु पर्‍यो नभए ग्राहकको पैसा साटनु पर्‍यो ।”

धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन । सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरुले नलिनु दुःखद् भएको स्थानीय निरा काफ्लेले बताए। उनले अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेको बताउँदै यही अवस्थामा बंक तथा वित्तीय संस्थाहरुले गैरजिम्मेवार काम गर्न नहुने बताए। 

उता, नेपाल राष्ट्र बैंक धनगढी शाखाका कायममुकायम प्रमुख डिल्लीराम पोखरेलले नेपाल राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा नलिने कुरा एकदमै नौलो भएको बताए। उनले नेपाल राष्ट्र बैंकमा सिक्का पैसा व्यवस्थापनका लागि स्टोरको समस्या भएका कारण वाणिज्य बैंकहरुले लिएको सिक्का पैसा नेपाल राष्ट्र बैंकले लिन नसकेको बताउँदै यदि कोही कसैबाट ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले नलिएको उजुरी परेमा कारवाहीको दायरामा ल्याउने बताए । 

“अहिलेसम्म हामीलाई यस विषयमा कुनै जानकारी नै छैन, यो एकदमै नौलो कुरा हो”, कायममुकायम प्रमुख पोखरेले भने, “बजारमा प्रशस्तै सिक्का पैसा छ । त्यो सिक्का पैसा बैंकहरुले साट्नुपर्छ ।”  झलनाथ खनाल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x