×

NMB BANK
NIC ASIA

हङकङमा सुपुर्दगी विधेयक फिर्ता : अस्थिरता रोक्ने आरम्भिक प्रयास

भदौ १९, २०७६

NTC
Sarbottam
तस्वीर स्रोत : साउथ चाइना मर्निङ पोस्ट
Premier Steels
Marvel

अपराधीहरूलाई चीनसमक्ष सुपुर्दगी गर्ने विधेयकमा तीन महिनासम्म विवाद भएपछि अन्ततः हङकङ सरकारले बुधवार त्यसलाई फिर्ता लिएको छ । 

Muktinath Bank

उक्त विधेयकले हङकङको स्वायत्ततामा खलल पुग्ने भनी जुन महिनाको ९ तारिखमा लगभग १० लाख मानिसले विरोध गर्दै सडक प्रदर्शन गरेका थिए । विरोध चर्किएपछि प्रमुख कार्यकारी क्यारी लामले विधेयक निलम्बन गरेकी थिइन् तर फिर्ता भने लिएकी थिइनन् । अनि जुन १६ मा लगभग २० लाख मानिसले विधेयकको पुनः विरोध गरे । विधेयकलाई फिर्ता नलिएर निलम्बन मात्र गर्दा यसलाई पुनः ब्युँताइन सकिने खतरा रहेको आशंका विरोधकर्ताहरूले गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि पनि विरोध प्रदर्शनको सिलसिला जारी रह्यो र लाम पनि आफ्नो अडानमा कायम रहिन् । तर प्रदर्शन हिंस्रक हुँदै जाँदा विगत तीन हप्तामा लामको सोच परिवर्तन हुन थाल्यो । राजनीतिक तथा सामुदायिक नेताहरूले विधेयक फिर्ता लिनका लागि लगभग एक स्वरमा आग्रह गरेपछि लामले विधेयक फिर्ता लिएकी हुन् । 


Advertisment
Nabil box
Kumari

हङकङबाट प्रकाशित हुने पत्रिका साउथ चाइना मर्निङ पोस्टले यस विषयमा लेखेको समाचारमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘प्रमुख कार्यकारीले विभिन्न क्षेत्रका मानिससँग सल्लाह गरेर हङकङलाई अघि बढाउनका लागि विधेयक फिर्ता लिइन् र यसले उनको इमान्दारिता देखाउँछ ।’

Vianet communication
Laxmi Bank

लामले हङकङका १९ जना वरिष्ठ नेता तथा राजनीतिकर्मीहरूलाई अगस्ट २४ मा आफ्नै निवासमा भेटिन् र सरकारविरोधी प्रदर्शन गर्नेहरूसँग संवादका लागि ढोका खोल्ने उपायको चर्चा गरिन् ।

तीमध्ये धेरैजसोले उनलाई विरोधकर्ताहरूका प्रमुख दुई माग सम्बोधन गर्न सुझाव दिए । पहिलो, सुपूर्दगी विधेयक पूरै फिर्ता लिने अनि दोस्रो, विरोधका सम्बन्धमा स्वतन्त्र छानबिन शुरू गर्ने । प्रहरीले गरेको बलप्रयोगको छानबिन पनि यसैअन्तर्गत गर्ने सुझाव उनीहरूले दिए । 

त्यसको दुई दिनपछि लामले २० जना युवाहरूसँग बन्द कोठामा बैठक गरिन् । 

‘विधेयक फिर्ता लिने विषयमा प्रमुख कार्यकारीले युवाहरूसँग छलफल गर्दा उनीहरूले फिर्ता लिन अनि छानबिन आयोग गठन गर्न आग्रह गरे,’ स्रोतले बतायो । 

तर सरकारले स्वतन्त्र छानबिनको माग पूरा गर्न सकेन किनकि यो विषयलाई प्रहरीकै अनुशासन विभागले हेर्ने सरकारको आग्रह रह्यो । 

निकै पछिसम्म पनि उनले विरोधकर्ताहरूको माग पूरा नगर्ने अड्डी कसिरहेकी थिइन् । विधेयकलाई निलम्बन गरेपछि पनि विरोध चर्किरहेको भन्दै उनी क्रुद्ध बनेकी थिइन् । तर विभिन्न वर्गका व्यक्तिसँग सल्लाहपछि उनी लचिलो बनेको बुझिन्छ । त्यसमाथि बेइजिङले अमेरिकासँगको व्यापारयुद्ध चर्किंदै जाँदा यस विषयलाई  चाँडो हल गर्न हङकङ सरकारलाई निर्देशन दिएको थियो । 

बुधवार विधेयक फिर्ता गर्नुअघि हङकङ सरकारले बेइजिङको स्वीकृति नलिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

एसिया टाइम्समा जेफ पाओको आलेखमा उल्लेख भएअनुसार मंगलवार बेलुका रोयटर्स समाचार संस्थाले हासिल गरेको एउटा श्रव्यसामग्रीमा लामले हङकङको राजनीतिक संकट चर्काएर आफूले अक्षम्य अपराध गरेको स्वीकार गरेको बताएको सुनिन्छ । उनले व्यापारीहरूसँग बन्द कोठामा गरेको बैठकमा संकट समाधानका लागि आफूसँग सीमित स्रोतसाधन मात्र रहेको किनकि हङकङमा भएको सामाजिक अशान्ति चीनका लागि राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताको विषय बनेको बताएकी थिइन् । विशेषगरी अमेरिकासँग तनाव बढ्दै जाँदा चीनले आफूलाई हङकङका कारण घेरिएको अनुभव गरिरहेको छ ।

तर विधेयक फिर्ता लिएर मात्र विरोधकर्ताहरू थामिने स्थिति छैन । उनीहरूले विधेयक फिर्ता सहित पाँचवटा माग राखेका छन् र एउटा मात्र माग पूरा भएको छ । प्रमुख मागमा प्रहरी र विरोधकर्ताबीचको भिडन्तलाई दंगा भन्न नपाइने, पक्राउ परेका सबै प्रदर्शनकारीविरुद्धका आरोप फिर्ता लिनुपर्ने, मताधिकारको व्यवस्था गर्नुपर्ने र विरोध प्रदर्शनमा भएको प्रहरी ज्यादतीको स्वतन्त्र छानबिन हुनुपर्ने पनि छ । विरोध प्रदर्शन शुरू भएयता ११ सयजना पक्राउ परिसकेका छन् । 

प्रहरीले गरेको ज्यादतीप्रति हङकङवासीमा निकै आक्रोश छ । पक्राउ गर्ने तरिका र विरोधकर्ताहरूप्रति देखाइएको दुर्व्यवहारले जन्माएको आक्रोश तत्कालै थामिने लक्षण छैन । 

तस्वीर स्रोत : मदरशिप डट् एसजी

चीनको सरकारी पत्रिका चाइना डेलीले सरकारले विधेयक फिर्ता लिएर शान्तिको प्रस्ताव गरेको र अब प्रदर्शनकारीहरूसँग हिंसा कायम राख्ने विकल्प नरहेको लेख्यो । तर सबै माग पूरा नगरूञ्जेल विरोध प्रदर्शन थामिने लक्षण देखिँदैन । 

हङकङ प्रदर्शनमा भूराजनीतिक लाभ उठाउन सकिने सम्भावना देखेका पश्चिमी शक्तिहरूले पनि विरोधकर्ताहरूलाई उचालिरहने सम्भावना छ । विधेयक फिर्ता गरिएपछि प्रदर्शन हिंस्रक चाहिँ नहुने अपेक्षा गर्न सकिन्छ । 

तर सुपूर्दगी विधेयक विरोधको घटनाले हङकङमा ध्रुवीकरण भएको छ अनि मानिसलाई एकजुट बनाउनु आफैंमा ठूलो चुनौती हो । विधेयक फिर्ता लिएको घोषणाका क्रममा लामले विरोध प्रदर्शनका कारण हङकङमा विभाजनको गहिरो रेखा कोरिएको र त्यसलाई सम्बोधन गर्ने बताएकी थिइन् । एक देश, दुई प्रणालीमा आफू प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो । तर हङकङवासीको मन जित्नु उनका लागि निकै चुनौतीपूर्ण कदम हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x