×

NMB BANK
NIC ASIA

किसान भन्छन् - ‘मुल्य बढाउनु भन्दा लागत घटाउने कार्यक्रम ल्याउनु पर्‍यो’

भदौ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - सरकारले किसानको हितको लागि भन्दै दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

दूधको मूल्य बढाउने सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले सिफारिस गरेको आधारमा दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले दूधको मूल्य बढाउने विषयमा दुग्ध विकास बोर्डको बैठक बस्न लागेको बताए । ‘मूल्य बढाइसकेको छैन’ उनले भने, ‘मन्त्रालयले ६ रुपैयाँ प्रतिलिटरका दरले बढाउन भन्दै पत्र पठाएकाले के कति बढाउने भन्ने विषयमा एकछिनमा बैठक बस्न लागेको छ, ।’ बिहीवार बेलुका बस्ने बोर्ड बैठकले समितिले सिफारिस गरेको आधारमा दूधको मूल्य वृद्धि हुने घिमिरेले बताए ।


Advertisment
Nabil box
Kumari

कार्यदलले दुई वर्षयता दूधको मूल्य नबढेको र किसानलाई मार्का परेको भन्दै दूधको मूल्य बढाउनु पर्ने सुझाव दिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यदलका  संयोजक बाबुकाजी पन्तका अनुसार कार्यदलले किसानले पशुलाई खुवाउने दानाको मूल्य बढेको, श्रमिक क्षेत्रको तलव, भत्ता बढेको लगायतका कारणले दूध उत्पादनको लागत बढेको र यसबीचमा दूधको मूल्य नबढेको भन्दै दूधको मूल्य बढाउन सिफारिस गरेको छ ।

२०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ दूधको मूल्य निर्धारण भएको थियो । त्यसबेला पशु दानाको मूल्य २५ रुपैयाँ प्रतिकिलोका दरले रहेको अहिले ३९ रुपैयाँ प्रतिकिलो दानाको मूल्य पुगेको भन्दै दूधको मूल्य बढाउन उपयुक्त देखिने कार्यदलको सुझाव छ ।

त्यस्तै विद्युत महसुल देखि किसान क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला समेत बढिसकेको अवस्थामा दूधको मूल्य बढाउन आफूहरूले सिफारिस गरेको पन्तले बताए । ‘दुई वर्षयता भएको मूल्यवृद्धि, किसानको दानाको मूल्य दुई वर्ष पहिला कति थियो लगायतका विषय विश्लेषण गरेका छौं पन्तले भने, ‘दूध उत्पादनमा लाग्ने श्रम ज्याला पनि बढेको छ । विद्युत महसुल बढेको छ । त्यो सबैलाई आधार मानेर हामीले सिफारिस गरेका छौं ।’

सरकारले दूधको मूल्य बढाउने अन्तिम तयारी गरिरहेका बेला किसानले भने मूल्य बढाउन भन्दा दूध उत्पादनमा लागने लागत घटाउन सकेमा राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

दुग्ध किसान नारायण देवकोटाले सरकारले किसानकै लागि भनेर दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउँदा पनि नपुग्ने भन्दै उत्पादन लगात घटाउने कार्यक्रम ल्याउनु पर्ने बताए । ‘दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो । उत्पादन गर्दाको लागत मूल्यकै आधारमा बढाउने भने त अझै पुग्दैन’ उनले भने, ‘हाम्रो प्रतिलिटर लागत ६० रुपैयाँ जति पर्छ । तर, त्यसलाई मूल्य मात्रै बढाउने भन्दा पनि लागत घटाउने नीति कार्यक्रम ल्याउन प¥यो सरकारले, ।’

सरकारले लागत घटाउने कार्यक्रम अन्तरगत उत्पादनको आधारमा अनुदानको कार्यक्रमहरू ल्याउनु पर्ने, कृषि ऋणमा सर्वसुलभ पहुँच पु¥याउने लगायतका कार्यक्रम रहेका छन् ।

त्यस्तै दानामा अनुदान दिने लगायतका कार्यक्रम सरकारले ल्याउन सकेमा दूध उत्पादनको लागत घट्ने किसानहरूले बताएका छन् ।

उत्पादनको आधारमा दिइने अनुदान हटाइयो

यसअघि सरकारले दूध उत्पादनको आधारमा दिँदै आएको अनुदान रकम संघीय सरकारले हटाएको छ ।

प्रतिलिटर एक रुपैयाँका दरले दूध उत्पादनमा संघीय सरकारले दिँदै आएको रकम हटाएको देवकोटाले बताए । ‘प्रदेश सरकारले उत्पादनको आधारमा दिने भनेर संघले उत्पादनको आधारमा दिँदै आएको अनुदान हटाएको छ’ उनले भने, ‘प्रदेश सरकारले दिने पनि कसैले पाएका छन् । कसैले पाएका छैनन्, ।’

उत्पादनको आधारमा दिइने अनुदानमा संघीय सरकारले एकमुष्ट रुपमा दिने व्यवस्था मिलाउन सकेमा प्रभावकारी हुने देवकोटाको भनाई छ ।

बिहीवार साँझ बस्न लागेको दुग्ध विकास बोर्डको बैठकपछि दूधको मूल्य बढाउने निर्णय हुने र बैठकले तोकेको दिनबाट बढेको मूल्य कार्यान्वयनमा आउने डिडिसीले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x