×

NMB BANK
NIC ASIA

क्यामेरा देखेपछि मोदीले सिवनलाई अँगालो हालेर रोएको नाटक गरेका हुन् ?

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इसरो प्रमुख के सिवनलाई आफ्नो अँगालोमा लिएर थपथपाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Muktinath Bank

जब भारतले चन्द्रमामा पठाएको चन्द्रयानको एउटा अंग 'विक्रम ल्याण्डर' सम्पर्कबिहीन भयो, त्यतिबेला मोदीले उक्त मिसन प्रमुख सिवनलाई आफ्नो अंगालोमा लिएर शान्त्वना दिएका थिए । यसबीचमा दुवैले आँशु पनि झारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२७ सेकेण्डको यो भिडियो इन्टरनेटमा लाखौँ पटक हेरिएको छ । मोदीका आलोचकहरूले यस भिडियोलाई मोदीको 'नाटक'का रूपमा व्याख्या गरेका छन् । उनीहरूको दाबी छ, जब मोदीले नजिकै क्यामेरा देखे, तब सिवनलाई ग्वाम्मै अँगालो हालेर रुन थाले ।


Advertisment
Nabil box
Kumari

भिडियोको पहिलो भागमा मोदीले विक्रम ल्याण्डर सम्पर्कबिहीन भएको सूचना पाए तब अलि टाढै बसेर केही भनिरहेको देखिन्छ । त्यसपछि मोदी आफ्नो ठाउँमा गएर बस्छन् । तर भिडियोको दोस्रो भागमा मोदी जुरुक्क उठेर आउँछन् र सिवनलाई अँगालो हालेर रुन शुरू गर्छन् ।

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालमा यही कारणले मोदीको आलोचना बढिरहेको देखिन्छ । जब मोदीलाई थाहा भयो त्यहाँ नजिकै क्यामेरा छ, त्यसपछि कपडा फेरेर आए अनि सिवनलाई अँगालो हालेर रुन थाले ।

तर बीबीसी इन्डियाले भिडियोको पहिलो भाग र दोस्रो भागको बीचमा धेरै नै समय रहेको पत्ता लगाएको दाबी गरेको छ ।

त्यसदिन राति जब विक्रम ल्याण्डर सम्पर्कबिहीन भएको थियो त्यो मोदीले लाइभ हेरिरहेका थिए । पहिलोपटक मोदीले जब त्यो देखे, तब उक्त मिसन प्रमुख सिवनसँग गएर केही भने । त्यसको धेरै समयसम्म टोलीले सम्पर्क स्थापित गर्ने प्रयास गर्यो । तर अन्त्यमा सम्पर्क स्थापित हुन सकेन, सिवनले औपचारिक रूपमा मोदीलाई आफूहरो असफल भएको जानकारी गराए ।

त्यसपछि मोदी उठेर सिवनलाई अँगालो हाले । अनि रुन शुरू गरे ।

प्रधानमन्त्री मोदीका आलोचकहरूले यस्तो धेरै पटक भएको बताएका छन् । उनीहरूका अनुसार जब मोदीले वरिपरी क्यामेरा रहेको थाहा पाउँछन्, तब हाउभाउ नै अर्कै देखाउन शुरू गर्छन् । तर शुक्रवारको यो घटनामा भने मोदीले 'नाटक' नगरेको बीबीसीले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x