×

NMB BANK
NIC ASIA

स्कटल्यान्डमाथि बेल्जियमको सानदार जीत, डे ब्रुएनको उत्कृष्ट प्रदर्शन

भदौ २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  युरो २०२० छनोट अन्तर्गत सोमबारको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डे ब्रुएनको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले जीत निकालेकाे हाे ।

Muktinath Bank

बेल्जियमको जितमा डे ब्रुएनले एक गोल र ३ असिस्ट प्रदान गरेका थिए । छनोटमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा बेल्जियमले पहिलो हाफमा नै ३-० को अग्रता कायम गरेको थियो । खेलको नवौं मिनेटमा रोमेलु लुकाकुले बेल्जियमलाई अग्रता दिलाए । अन्तर्राष्ट्रिय करिअरको ४९ औं गोल गर्ने क्रममा लुकाकुले डे ब्रुएनको पासलाई सदुपयोग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थोमस भर्मालेनले २४ औं मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे । डे ब्रुएनले दायाँ विंगबाट दिएको क्रसलाई भर्मालेनले पहिलो टचमा नै गोलमा परिणत गरे । ३२ औं मिनेटमा टोबी एल्डरवेरल्डको गोलमा बेल्जियमले ३-० को अग्रता लियो । उनले डे ब्रुएनको कर्नरमा गरेको हेडर स्कटल्यान्डका गोलरक्षक मार्शलले बचाउन सकेनन् ।


Advertisment
Nabil box
Kumari

खेलको ८२ औं मिनेटमा लुकाकुको पासमा डे ब्रुएनले उत्कृष्ट गोल गर्दै बेल्जियमको जित पक्का गरे । खेल अवधिभर ब्रुएनले सबै पक्षमा राम्रो प्रदर्शन गरे ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x