कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौं – नेपाली सेनाभित्र विकृति र समस्या रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् ।
मंगलवार नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा आयोजित प्रधानसेनापतिको १ वर्ष तथा प्रधानसेनापति चौथो त्रैमासिक रोलकलमा आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै थापाले संगठनभित्र भएका ‘घाउखटिरा’ले समस्या ल्याएको बताए ।
‘संगठनभित्र भएका घाउखटिराले समस्या निम्त्याउन सक्छ । भविष्यमा क्यान्सरजस्तो रोग पनि निम्त्याउन सक्छ,’ प्रधानसेनापति थापाले पौने ३ घण्टासम्म प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘यस्ता घाउखटिरालाई हेन्डीप्लसले टाल्ने होइन, जरैबाट शल्यक्रिया नै आवश्यक छ ।’
नेपाली सेनामा देखिएको विकृतिलाई जरैबाट निर्मुल पार्नको निम्ति आफु कहिल्यै पछि नहट्ने उनले बताए ।
सेनामा शून्य भ्रष्टाचार
नेपाली सेनामा शून्य भ्रष्टाचार सहनशीलता अपनाउन सेनापति थापाले निर्देशन दिए । ‘नेपाली सेनामा भ्रष्टाचार नहुने जनताको विश्वास छ । त्यसकारण पनि नेपाली सेनामा कुनै पनि निकायले निगरानी गर्दैन,’ थापाले भने, ‘कुनै पनि निकायले निगरानी नगर्ने भन्दैमा जनताको विश्वास जितेको सेनाले आफूहरू पनि भ्रष्टाचारलाई प्रश्रय दिने कुरै भएन ।’
नेपाली सेनामा पनि भ्रष्टाचार शून्य सहनशीलताको लागि प्रधानसेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।
प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘मैले आफ्नो सम्पत्ति विवरण आजैदेखि सार्वजनिक गरेको छु । तपाईहरू पनि सार्वजनिक गरेर भ्रष्टाचारविरुद्ध अघि बढ्नुस् ।’
संक्रमणका अवशेष हटाउन सघाउने
राजनैतिक स्थिरतासँगै देश लामो संक्रमणकालबाट बाहिरिएको छ । तर पनि संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षाले गर्दा सुरक्षा चुनौती थपिन सक्ने प्रधानसेनापति थापाले बताए ।
संक्रमणकालका अवशेष बाँकी रहेकाले त्यसलाई निराकण गर्न पनि नेपाली सेना बाधक नहुने प्रधानसेनापति थापाले बताए । छिमेकी राष्ट्रको उन्नति तर्फको यात्रा, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिघटनाले आगामी केही समय सुरक्षा चुनौती रहेको थापाले बताए । नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यतर्फ नेपाली सेना उन्मुख रहेको थापाले वार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
देशको प्रतिरक्षा प्रणाली, आन्तरिक सुरक्षा विना ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार नहुने प्रधानसेनापति थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पत्रकारको एक ट्विट
एक पत्रकारको ट्विटले नेपाली सेनालाई आफ्नो कमी कमजोरी औल्याउन सहयोग पुगेको प्रधानसेनापति थापाले बताए । ‘पृतनापतिको बैठकमा देखिएका पानीको बोतलका विषयलाई लिएर १ जना पत्रकारले ट्विटरमा मेन्सन गर्नुभएको रहेछ । हामीले त्यसलाई मनन् गर्दै सच्याएका छौं,’ थापाले भने ।
सोमवार सकिएको नेपाली सेनाका पृतनापतिको बैठकमा देखिएका पानीको बोतलले वातावरणलाई असर गर्ने भन्दै सिसाको भाँडो प्रयोग गर्न ती पत्रकारले सुझाव दिएका थिए ।
‘उहाँको सुझावलाई मनन् गर्दै हामीले आजैदेखि सिसाको भाँडोमा पानी खान थालेका छौं । यसले २ वटा कुरालाई प्रभाव पार्दो रहेछ । एक त प्लास्टिकको सामग्रीलाई निरुत्साहन, दोस्रो पानीको सदुपयोग,’ थापाले भने ।
प्रधानसेनापति थापाले सकलदर्जाका गुनासो सुन्न ‘प्रधानसेनापति सेलकल’को शुरूवात गरेका थिए । सेलकलले नेपाली सेनाका कर्मचारीका समस्या र गुनासा सुन्ने र समाधानको लागि पहल गर्ने गर्छ ।
सेनापतिसँग १० लाखको हिराको औंठी र हार
प्रधानसेनापति थापाले १० लाखको हिराको औंठी र हार भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलवार सेनाको वेबसाइडमा विवरण सार्वजनिक गर्दै पैतृक सम्पत्तिबाट जुटाएको बताएका छन् । उनले ५५ तोला सुन र ५ सय ९० तोला चाँदी रहेको जनाएका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...